समीट र सजिलो लघुवित्तको एकीकृत कारोबार आजदेखि, साढे ३९ करोड पूँजीको बन्यो कम्पनी

६ आश्विन २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


नोटबजार – समीट लघुवित्त वित्तीय संस्था र सजिलो लघुवित्त वित्तीय संस्थाले आज (असोज ६ गते मंगलबार) देखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् ।

दुई संस्था मर्ज भएर समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबाबार हुन लागेको हो । लघुवित्तको केन्द्रीय कार्यालय गोरखा नगरपालिका वडा नं। १३ मझुवा देउरालीमा रहनेछ।

दुबै कम्पनीको गत असारमा सम्पन्न विशेष साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका थिए भने एकीकृत कारोबारका लागि राष्ट्र बैंकले भाद्र ७ गते तथा कम्पनी रजिष्ट्रार कार्यालयले भाद्र २८ गते स्वीकृती प्रदान गरेको थियो ।

सजिलो एक राष्ट्रियस्तरको कार्यक्षेत्रको इजाजतपत्र प्राप्त लघुवित्त संस्था हो भने समीट लघुवित्त १५ जिल्ला कार्यक्षेत्र भएको संस्था हो । सजिलो लघुवित्तले आइपीओ जारी गरेको छैन भने समीट नेप्सेमा सूचीकृत कम्पनी हो ।

मर्जर पश्चात बन्ने लघुवित्तको चुक्ता पूँजी ३९ करोड ४३ लाख रुपैयाँ पुग्नेछ । मर्जर अघि समीट लघुवित्तको चुक्ता पूँजी २५ करोड ४३ लाख रुपैयाँ तथा सजिलो लघुवित्तको चुक्ता पूँजी १४ करोड रुपैयाँ थियो । दुई संस्था एक बराबर एक शेयर अनुपातमा मर्ज भएका हुन् ।

मर्जरपश्चात लघुवित्तले एफपीओ निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराइसकेको छ । सजिलो लघुवित्तको आईपीओ आउन बाँकी शेयर बराबरको एफपीओ जारी गर्ने सभाले निर्णय गरेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया