भोलिदेखि साझा यातायातले लामो दूरीका गाडी सञ्चालन गर्ने
६ आश्विन २०७७, मंगलवार ० बिचार / प्रतिक्रिया

काठमाडौं, असोज ६ । साझा यातायातले भोलिदेखि लामो दूरीका गाडी सञ्चालन गर्ने भएको छ। सामाजिक दुरी कायम गरेर बुटवल–भैरहवा–सुनौली र काठमाडौं–पोखरा–कुस्मा–बाग्लुङ रुटमा साझाका गाडी चल्ने भएको हो।
दशैंमा घरजाने यात्रुहरुको सहजताका लागि गाडी संचालन गर्न लागिएको साझा यातायातले जनाएको छ। साझाको भोलि साँझ ७ बजे बाग्लुङ र सवा ७ बजे सुनौलीको गाडी नयाँ बसपार्कबाट छुट्ने छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया