गुल्मीको राताडांडामा पहीरो जादा २ जना बेपत्ता

६ आश्विन २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


गुल्मी । गुल्मीमा पहिरोमा परेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ भने एक जना अझै बेपता भएका छन्। सोमबार राती ८ बजेतिर जिल्लाको इश्मा गाउँपालिका-२ रातडाँडा सडकमा पहिरो जाँदा दुई जना बेपत्ता भएका थिए।

इश्मा गाउँपालिका-२ स्यालाका ३९ वर्षीय प्रेमबहादुर कुमालको शव मंगलबार बिहान फेला परेको र ६ वर्षका सफल कुमाल बेपत्ता भएको प्रहरीले जनाएको छ। बेपत्ताको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया