केन्द्रिय कारागारमा एक कैदिको शंकास्पद मृत्यु

६ आश्विन २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाडौं, ६ असोज । कोरोना भाइरस संक्रमणबाट केन्द्रीय कारागार सुन्धाराका थप एक कैदीको ज्यान गएको छ ।असोज ३ गते मृत्यु भएका रुपन्देहीका ६३ वर्षीय पुरुषमा सोमबार साँझ संक्रमण पुष्टि भएको कारागार प्रमुख जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए ।

उनको गत शनिबार वीर अस्पतालमा उपचारको क्रममा ज्यान गएको थियो । मृत्युपछि गरिएको परीक्षणमा उनमा कोरोना देखिएको हो ।कर्तव्य ज्यान मुद्दामा जन्म कैदको जेल सजाय काटिरहेका उनी मिर्गौला रोगी थिए । उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार वीर अस्पताल भर्ना गरिएको थियो । त्यही दिन उनको मृत्यु भएको थियो ।

उनका आफन्तले भने कोरोना र बिमारी नभई अन्य कारणले नै ज्यान गएको गुनासो गरिरहेका छन् । आफन्तसँग छलफल भइरहेको जेलर बाँस्कोटाले बताए । केन्द्रीय कारागारमा हालसम्म ६ जना कोरोना संक्रमितको ज्यान गएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग
  • गोकर्ण विष्टले फिर्ता गरे दसैँ भत्ता
  • कांग्रेसले गल्धाको ढुङ्गाना बेसीमा विरोध र्याली निकाल्यो