समाज लघुवित्त तत्काल कारोबारमा नआउने, मर्जरमा जाने

६ आश्विन २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


काठमाण्डौ । भर्खरै आईपीओ निष्कासन गरेको समाज लघुवित्त र स्वस्तिक लघुवित्त वित्तीय संस्था आपसमा गाभिने भएका छन्। समाज लघुवित्त र स्वस्तिक लघुवित्तबीच हिजो सोमबार आपसमा गाभिने सम्बन्धमा सम्झौता गरेका हुन्।

समाज लघुवित्तको केन्द्रीय कार्यालय सर्लाहीको मलंगवामा रहेको छ भने स्वस्तिक लघुवित्तको केन्द्रीय कार्यालय सिरहाको लाहानमा रहेको छ। समाज लघुवित्तले १ महिना अघिमात्र आईपीओ निष्कासन गरेको थियो। समाज लघुवित्तको आईपीओ यसै साताभित्र नेप्सेमा सूचीकरण गर्ने तयारी भइरहेको छ।

यसै साता समाज लघुवित्तको सेयर नेप्सेमा सूचीकरण भई धितोपत्र दोस्रो बजारमा सेयर कारोबार हुने भनिएको थियो। तबर अब स्वस्तिक लघुवित्तसँगको मर्जर सम्झौताका कारण तत्काल यो संस्थाको सेयर दोस्रो बजारमा नआउने पक्का भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया