कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु

प्रकाशित मिति:

काठमाडौं । नोभेल कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो ।

सोमबार कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट आइतबार देशभर १० जनाको मृत्यु भएको थियो भने शनिबार ११ जनाको मृत्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४२९ पुगेको छ ।