राजस्व संकलनमा लक्ष्य हासिल

प्रकाशित मिति:

श्रीकृष्ण सिग्देल स्याङ्जा—६ असोज। बन्दाबन्दीका कारण आर्थिक क्षेत्रमा असर परिरहेका बेला स्याङ्जाको वालिङ नगरपालिकाको राजस्व संकलन भने लक्ष्य नजिकै पुगेको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७६÷०७७ मा लक्ष्यको नजिकै अर्थात् ९३.५७ प्रतिशत राजस्व संकलन गरेको हो। नगरपालिकाले विभिन्न आयका शीर्षकहरुबाट चार करोड ५० लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेकोमा चार करोड २१ लाख राजस्व संकलन भएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताए ।

विश्वब्यापी फैलिएको कोभिड १९ को सङ्क्रमणबाट सिर्जित बन्दाबन्दीमा पनि वालिङमा लक्ष्यको नजिक पुग्ने गरी राजस्व संकलन भएको छ नगर प्रमुख खाँणले भने, “बन्दाबन्दीको असरका बाबजुत पनि लक्ष्यको नजिकै पुग्न सफल भयौैं, नत्र भने लक्ष्यभन्दा बढी राजस्व संकलन हुने अवस्था थियो। राजस्व संकलनमा लक्ष्य हासिल हुनु नगरपालिकाको काम कारवाहिको सफलता मान्नु पर्छ उनले भने ।नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा सबैभन्दा बढी घरजग्गाको रजिष्ट्रेशनबाट रु. उनान्नब्बे लाख ५९ हजार १५५ राजस्व संकलन गरेको छ । उक्त शीर्षकबाट नगरपालिकाले रु. एक करोड २० लाख राजस्व संकलन गर्ने अनुमान गरेको थियो ।

नगरपालिकाले सिफारिस दस्तुरबाट रु. ५३ लाख ५८ हजार ७९५, एकीकृत
सम्पत्ति करबाट रु. ४९ लाख १५ हजार ७९५, पूर्वाधार सेवाको उपयोगमा
लाग्ने करबाट रु. ४२ लाख ८७ हजार ४९४, नक्सापास दस्तुरबाट रु. ३२
लाख ४९ हजार ६४५, घरबहाल करबाट रु. ३० लाख ६६ हजार ४५३, अन्य
प्रशासनिक सेवा शुल्क (सरसफाई) बाट रु. १९ लाख ७४ हजार ४७०, अन्य सेवा शुल्क तथा बिक्री (ढुंगा, गिटी, बालुवा) को राजस्व बाँडफाँड भई प्राप्त भएको रु. १८ लाख ५३ हजार ८२० संकलन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताए । नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा चार करोड १२ लाख ५५ हजार ७८७ राजस्व संकलन गरेको थियो । उक्त आ.व. मा घरजग्गाको रजिष्ट्रेशनबाट रु. एक करोड १० लाख ७१ हजार ६४३, सिफारिस दस्तुरबाट रु. ६२ लाख ७९ हजार ३४७, एकीकृत सम्पत्ति करबाट रु. ५३ लाख ८० हजार ८३, नक्सापास दस्तुरबाट रु. ४३ लाख ५६ हजार घर बहाल करबाट रु. ३४ लाख ९२ हजार २३४, अन्य दस्तुरबाट रु. ३० लाख २२ हजार ४२० लगायतका अन्य शीर्षकहरुमा राजस्व संकलन भएको लेखा अधिकृत ज्ञानप्रसाद अर्यालले बताए ।

थप समाचार