डुबानका कारण प्रतापपुर र सरावल गाँउपालिकाका २६५ घरपरिवारलाई त्रिपाल र टेण्ट बितरण गरिने

६ आश्विन २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


रामु भुसाल-अबिरल बर्षका कारण घर डुबान मा परेका पश्चिम नवलपरासीका बाढि प्रभावितलाई राहत स्वरुप त्रिपाल र टेण्ट बितरण गरिने भएको छ । नेपाल भारत महिला मैत्री समाज काठमाण्डौको पहलमा भारत सरकार बाट प्राप्त सहयोगमा प्रभापित हरुलाई सो सामाग्री प्रदान गर्न लागिएको हो । पश्चिम नवलपरासीका सरावल का २ ओटा वार्ड र प्रतापपुर को एउटा वार्डमा १०५ घरपरिवारलाई टेण्ट र १६० घरपरिवारलाई त्रिपाल वितरण गरिने छ ।

आज मंगलबार सरावलको सेमरीमा एक कार्यक्रमको आयोजना गरी सो सामाग्री प्रतापपुर गाउपालिका र सरावल गाउपालिकालाई हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी सागरमणि पाठक को अध्यक्षता नेपाल भारत महिला मैत्री समाज केन्द्रिय अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य चन्दा चौधरी को प्रमुख आतिथ्यता मा सम्पन्न जिल्लाका बाढि तथा पहिरो पिडित परिवारका लागी राहत वितरण कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि समाज की अध्यक्ष चन्दा चौधरीले आफूहरुको पहलमा भारतीय राजदुतावास र नेपालको अर्थ मन्त्रालय को सहयोगमा सो सामाग्री प्रदान भएका ५०० टेण्ट र ८०० त्रिपाल नेपालका ५ ओटा अति प्रभावित जिल्ला सिन्धुपाल्चोक , महोत्तरी सर्लाही कैलाली र नवलपरासीमा वितरण गरिएको बताउनु भयो कार्यक्रम मा प्रमुख अतिथि चौधरीले बोल्दै सामाजिक विपत्तिको बेला सबैले सहयोग गर्नु पर्ने र सो बेला पार्टि, जाती नहेरी कन बास्तविक पिडितलाई सहयोग गर्नुपर्ने बताउनु भयो । सोही कार्यक्रमका अध्यक्ष समेृत रहनुभएको प्रमुख जिल्ला अधिकारी पाठकले स्थानिय विपद् व्यवस्थान समिति ले बास्तविक अनुगमन गरी राहत सामाग्री पिडित समक्ष पुर्याउन आफु कटिबद्ध रहेको र सोका लागी सबैले सहयोग गर्नु पर्ने बताउनु भयो ।

सो कार्यक्रममा प्रतापपुर गाउपालिकाका कार्यवाहक अध्यक्ष अञ्जुकुमारी चौधरी सरावल गाउपालिकाका अध्यक्ष राधेश्याम चौधरी , स्वतन्त्र समुहका संयोजक राधेरमण पाण्डे लगायतले मनतव्य राख्नु भएको थियो । नवलपरासीमा सरावलको वार्ड न्ां.६ मा ९० घर परिवारलाई ४५ टेण्ट र ४५ त्रिपाल बितरण गरिने छ भने वार्ड नंं ७ मा ६० घर पपरिवारलाई ३० टेण्ट र ३० त्रिपाल प्रदान गरिने र प्रतापपुर गाउपालिकाको वार्ड नं. ३ मा ६० घर परिवारलाई ३० टेण्ट र ३० त्रिपाल वितरणका लागी जिल्लामा १०५ टेण्ट र १६० त्रिपाल उपलब्ध भएको समाज का प्रदेश नंं ५ का सम्नव्यकर्ता अंगत यादवले बताउनुभयो । सो कार्यक्रम नेपाल गण्डक सिचाई जल उपभोक्ता सस्थाका अध्यक्ष हैदर अलि मोमीनको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन प्रतापपुर गाउपालिका वास सहजकर्ता शान्ति विकले गर्नुभएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • सोमनाथ बाबा क्याम्पस सुनवलद्धारा बि।बि।एस। चौथो बर्षका विद्यार्थीहरुलाई विदाई ।
  • गणस्तरिय शिक्षाका लागि शिक्षकलाई तालिम
  • जुम्लाको तिला गाउंपालीका मा आगलागीबाट २५ घर जलेर नष्ट
  • कक्षा १२ को परिक्षाफल आउन अझ केही दिन लाग्ने
  • सुरु भयो कोरोना खोप अभियान
  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण