डा केसी, शिक्षण अस्पतालमा भर्ना

प्रकाशित मिति:

असोज, काठमाडौं । अनशनकै क्रममा नेपालगञ्जबाट मंगलबार काठमाडौं आएका डा। गोविन्द केसी राष्ट्रिय ट्रमा सेन्टरबाट बाहिरिएका छन् । विमानस्थलबाटै त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले केसीलाई जबर्जस्ती ट्रमा सेन्टर पुर्‍याएको थियो ।

केसीले शिक्षण अस्पतलमा आफूलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि शिक्षण अस्पताल सारिएको हो । उनी त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनका सहयोगी डा। प्रविण गिरीले जानकारी दिए । चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै केसी भदौ २९ गते जुम्लामा अनशन बसेका थिए । सोमबार जुम्लाबाट नेपालगञ्ज आई बसेका उनी मंगलबार काठमाडौं आएका थिए ।