सत्याग्रहीमाथिको दुर्व्यवहारः क्रुरताको पराकाष्ठा : गगन थापा

७ आश्विन २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगनकुमार थापाले डा। गोविन्द केसीमाथि प्रहरीले गरेको दुर्व्यवहारलाई क्रुरताको पराकाष्ठा भनेका छन् ।

डा। केसीको इच्छा विपरीत प्रहरीले लछारपछार गर्दै राष्ट्रिय ट्रमा सेन्टरमा लगेपछि थापाले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रया जनाएका हुन् । ‘सत्याग्रहीमाथिको दुर्व्यवहारः क्रुरताको पराकाष्ठा १ सत्याग्रहीलाई इच्छा विपरीत छुन पनि पाईंदैन ।

अनसनरत डा। गोविन्द केसीमाथि सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ,’ थापाले ट्विटरमा लेखेका छन्, ‘क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ । सरकारले आफ्नो पतनको बाटो आफै खनेको छ । पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले पनि डा।केसीमाथिको दुर्व्यवहारको विरोध गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया