जीवन बदल्न धार्मिक ग्रन्थका यी १० ज्ञानबारे जान्नुस

७ आश्विन २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


मानिसहरुको जीवन पद्धतिका विषमाय विभिन्न धार्मिक शास्त्रहरुमा उल्लेख गरिएको पाइन्छ । शास्त्रका कुराहरुलाई पालना गर्ने हो भने मानिसको जीवन सहज र सरल हुने देखिन्छ । जीवनमा आइपर्ने विभिन्न वाधा अड्चनहरु निवारणको उपाय पनि शास्त्रमा उल्लेख गरिएको पाइन्छ । साच्चै जीवन बदल्न चाहनुहुन्छ भने हिन्दु धर्मका यी १० प्रकारका ज्ञान लिनु आवश्यक छ । जसबाट तपाइँको जीवनमा सुख, शान्ति, सम्पत्ति, समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ ।

गीताः वेदमा ज्ञानलाई नयाँ तरीकाबाट कसैले व्यवस्थित गरेका छन् । उनी हुन् भगवान श्रीकृष्ण । गीतामा भक्ति, ज्ञान र कर्मको मार्ग नबुझेमा अरु केही बुझन् सकिदैन ।योगः योग नै धर्म र आध्यात्माको एक वैज्ञानिक पथ हो । यसको माध्यमबाट जिन्दगी बदलिनेछ । योग मुख्यत ब्रह्मयोग र कर्मयोगमा विभाजित छन् । पंतजलिले योगको व्यवस्थित रुप दिएको छ । योग सुत्र योगको सबैभन्दा उत्तम सुत्र हो ।आयुर्वेदः आयुर्वेद अनुसार जीवन जिउँदा कुनै प्रकारका रोग शोक हुँदैन । आयुर्वेदको प्रथम उपदेशक धन्वंतरी ऋषिलाई मानिएको छ ।

षड्दर्शनः षड्दर्शनमा ६ दर्शन छन् । न्याय, वैशाषिक, मिमांसा, साख्य, वेदान्त र योग ,ज्योतिषः ज्योतिषलाई वेदको नेत्र भनिन्छ । वास्तु शास्त्रः वास्तु शास्त्रअनुसार यज्ञ मण्डप, मन्दिर, देवालय, घरको निर्माण गरिएको हुन्छ । वास्तु अनुसार घर भएमा जीवन सुखी हुनेछ । यज्ञः यज्ञलाई पुजा पाठ वा कर्मकाण्ड सम्झन हुँदैन् । यज्ञ ब्रह्मयज्ञ, देवयज्ञ, पितृयज्ञ, वैश्ययज्ञ र अतिथि यज्ञ गरी ५ प्रकारमा विभाजन गरिएको छ । देवयज्ञलाई अग्निहोत्र कर्म भनिन्छ । यज्ञको विवरण यर्जुदेवमा पाइन्छ ।

तन्त्र शास्त्रः तन्त्र मुलत शैव आगम शास्त्रमा जोडिएको पाइन्छ, तर यसको मुल अथर्ववेद हो । तन्त्र विद्याको माध्यमबाट व्यक्तिले आफ्नो आत्मशक्तिको विकास गरेर केही प्रकारका शक्तिबाट सम्पन्न गर्न सक्छ ।मन्त्र मार्गः मन्त्रको अर्थ मनलाई एकत्रित गर्ने । मन जब मन्त्रको अधिनमा हुन्छ तब उ सिद्ध हुन्छ । मन्त्र मुख्यत वैदिक, तान्त्रिक र शाबर मन्त्र हुन्छन् ।जाति स्मरण मार्गः पूर्व जन्मबारेमा जान्न प्रयोग गरिनेलाई जाति स्मरण भनिएको छ । दिनचर्याको क्रम जारी राखेर मेमोरी रिर्वस लाई बढाउछ यो नै जाति स्मरणको विधि हो । यसबाट पुर्व जन्मको बारेमा जान्न सकिन्छ ।– धार्मिक ग्रन्थको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. द्वारा मंगलबार नव आगन्तुक…
  • त्रिभुवन विश्वविद्यालय अन्तर्गत वी.ए. पहिलो वर्ष, अँग्रेजी विषयको परिवर्तित पाठ्यक्रमको…
  • आज थप ३०९३ जनामा कोरोना संक्रमण पुष्टि
  • खाद्य स्वच्छता तथा मासुजन्य पदार्थ विक्री बितरण सम्बन्धी छलफल
  • केक काटेर होइन सामाजिक काम गरेर मनाउनु पर्छ जन्मदिन :…
  • नेपाल विद्यार्थी फोरम (लोकतान्त्रिक) को पूनर्गठित कार्यसमितिको नाम सार्वजनिक, सभापतिमा…
  • कोरोना संक्रमितप्रति जिम्मेवार बन्दै तिलोत्तमा ,शव व्यवस्थापनको जिम्मादेखि निःशुल्क पिसिआर…
  • मिलन र बिछोडको दोसाँध बैगुनी २ बजारमा
  • आहत मा राहत कार्यक्रम लाई बुद्धि सुवेदीको सहयोग,
  • एनआरएनए स्पेन द्वारा स्वर्गिय भबिस्यता न्यौपानेको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण