सिस्नुपानी देउसी : प्रधानमन्त्रीदेखि नागरिकसम्मलाई व्यंग्य (भिडियोसहित)

प्रकाशित मिति:

कात्तिक २५ बुटवल । प्रतेक वर्षको दिपावलीको अवसर पारेर सिस्नुपानी नेपालले देउसी विशेष कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा देशमा भएको जल्दो बल्दो विषयवस्तुको उठान गरेर व्यंग्य प्रस्तुत गर्ने गर्छ । नेपालका मुख्य नेताहरुलाई नै सहभागी गराएर उनीहरुकै सामु चोटिलो व्यंग्य प्रस्तुत गर्ने गरेको छ ।

सिस्नुपानी नेपालले यस वर्ष पनि नेपाल सरकारसँगै सरकारसँग जोडिएका विभिन्न कुराहरुलाई खुराक बनाएर व्यंग्य प्रस्तुत गर्दै सिस्नुपानी देउसीको आयोजना गरेको थियो । यस वर्षको सीस्नुपानी देउसीमा सरकारकासाथै नागरिकलाई पनि चोटिलो व्यंग्य गरेको ।

भन भन साथी – जनता
सबैभन्दा माथि –जनता
आँगन बढार्छ –जनता
सडकमा झार्छ –जनता
घुस दिन जान्छ –जनता
भ्रष्टाचार भन्छ –जनता

मान्छेलाई ठग्छ –जनता
ढुङ्गालाई ढोग्छ –जनता
बासी भात बेच्छ –जनता
अनुगमन छेक्छ – जनता

दलालकाँ जान्छ –जनता
तीन बल्ड्याङ खान्छ –जनता
खेत बाँझो राख्छ– जनता
चाउचाउ ताक्छ – जनता

नदीनाला मिच्छ –जनता
छोरी चेली बेच्छ–जनता
रक्सीमा बिक्छ – जनता
कर छल्न सिक्छ – जनता
झाँक्री भई काम्छ – जनता
बोक्सी भन्दै डाम्छ–जनता
दाइजो फलाउँछ– जनता
बुहारी जलाउँछ –जनता

तीनमहिना दर खान्छ –जनता
मोटाउन डर मान्छ –जनता
देश छोडी भाग्छ –जनता
फेसबुकमा जाग्छ –जनता

ऐनामा हेरौँ –जनता
ऐनामा हेरौँ –जनता
आफैँलाई फेरौँ –जनता
आफैँलाई फेरौँ –जनता ।।

सिस्नुपानीको देउसीमा केपी ओली नेतृत्वको दुई तिहाई सरकारले नेपाली कांग्रेसका सभापती शेरवाहादुर देउवा प्रति गरेको व्यवहारलाई तासको माध्यमबाट चोटिलो व्यंग्य प्रस्तुत गरिएको छ । यता ओली सरकारले जनताको २ तिहाई मत प्राप्त गरे पनि बोले अनुसारको काम व्यवहारीक बन्न नसकेको भन्दै व्यंग्य गरिएको छ ।

हेर्नुहोस् भिडियो : –