चिनियाँ दूतावास अगाडि प्रदर्शन

प्रकाशित मिति:

काठमाडौं, असोज ७ – चीनले सीमा क्षेत्र हुम्लामा नेपाली भूमि अतिक्रमण गरेको भन्दै बालुवाटारमा विरोध प्रदर्शन भएको छ। नेपाली भूमि अतिक्रमण गरेर भवन निर्माण गरेको भन्दै युवाहरुको समूहले चिनियाँ दूतावास अगाडि प्रदर्शन गरेका हुन्।

युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसहित सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गरेका छन्। हुम्लाको नाम्खा गाउँपालिका ६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन्।