मिडिया एलाइन्स नेपाल गठन

७ आश्विन २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


७ असोज, काठमाडौं । सञ्चार उद्यमीहरुको साझा संस्था मिडिया सोसाइटी फुटेको छ । यसअघि मिडिया सोसाइटीमा आवद्ध सञ्चार उद्यमीसमेत सहभागी भई एभिन्यूज टिभीका अध्यक्ष भाष्करराज राजकर्णिकारको अध्यक्षतामा मिडिया एलाइन्स नेपाल गठन भएको हो । एलाइन्सको उपाध्यक्षमा राजधानी न्यूज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचन र माउन्टेन टिभीका अध्यक्ष राजु कँडेल छन् भने महासचिवमा इमेज च्यानल प्रालिका सीईओ लक्ष्मण हुमागाई, कोषाध्यक्षमा इम्प्रेशन पब्लिकेशन तथा मिडिया प्रालिका सीईओ उज्जवल शर्मा छन् ।

सदस्यहरुमा जनता प्रकाशन तथा प्रशारण लिमिटेडका अध्यक्ष डा। विजय शर्मा, प्राइभ टिभीका अध्यक्ष ऋषि धमला, एपी वान टिभीका सीईओ राजेन्द्र शाक्य र रिपब्लिका मिडिया प्रालिका सीईओ समृद्धि ज्ञवाली छन् । यस्तै सल्लाहकारमा अन्नपूर्ण नेटवर्क प्रालिका अध्यक्ष रामेश्वर थापा र रिपब्लिका मिडिया प्रालिका विनोद ज्ञवाली छन् ।

एलायन्सको तदर्थ समितिका अध्यक्ष भाष्करराज राजकर्णिकारले १२०० करोडको विज्ञापन बजारलाई २५ सय करोड रुपैयाँको बनाउने लक्ष्यका साथ एलाइन्स स्थापना गरेको बताए । सञ्चार नीति अभावमा २० अर्ब बढीको लागनी भएको क्षेत्र टुहुरो बन्न पुगेको भन्दै उनले एउटै अनुमति पत्रमा निजी क्षेत्र र सरकारी क्षेत्रलाई प्रतिस्पर्धा गर्ने वातावरण बन्न नहुने धारणा राखेका छन् । सल्लाहकार थापाले आवश्यकताभन्दा बढी सञ्चार संस्था खुल्नु, ठूलो लगानी हुनु र बजारले धान्ने अवस्था नहुँदा विकृति बढ्न सक्ने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग