सडक डिभिजनले गर्‍यो २१ ठेक्का रद्द

७ आश्विन २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


हेटौँडा, असोज ७ : सम्झौताअनुसार तोकिएको र थपिएको समयमा समेत काम सम्पन्न नगरेको भन्दै विभिन्न निर्माण कम्पनीसँग भएका २१ ठेक्का सम्झौता सडक डिभिजन कार्यालय हेटौँडाले अन्त्य गरेर त्यस्ता कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया थालेको छ। सम्झौताअनुसारको म्याद समाप्त भएर पटक–पटक म्याद थप गरेर पनि लामो अवधिसम्म कार्य सम्पन्न नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता तोड्ने निर्णय गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ।

सडक डिभिजन कार्यालयले सर्तनामाबमोजिम काम गर्न ठेक्का सम्झौता गरेका १७ निर्माण कम्पनीसँगको ठेक्का अन्त्य गरिएको सूचना बुधबार प्रकाशित गरेको हो। आर्थिक वर्ष २०६५÷६६ देखि २०७०÷७१ सम्मका ठेक्का सम्झौता गरेर काम नगर्ने कम्पनीसँगको ठेक्का तोड्दै सडक डिभिजन कार्यालयले सार्वजनिक खरिद ऐन २०६३ बमोजिम बैंक जमानत जफत गरी बाँकी कामको रकम सरकारी बाँकी सरह असुलउपर गर्ने र निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको जनाइएको छ।

मकवानपुर, बारा र पर्साका विभिन्न योजनाको ठेक्का तोडिएको सडक डिभिजनले जानकारी दिएको छ। डिभिजन कार्यालयले मकवानपुरका सात, पर्साका ६, बाराका तीन र काठमाडौँको एक निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको सूचना प्रकाशन गरेर जनाएको छ। रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • भोलिदेखि चौथो सन्जिवनी नकआउट फुटबल सुरु हुने
  • कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्यमा झर्‍यो
  • कञ्चनमा महिलालाई बलत्कारको प्रयास गर्ने एक युवा प्रहरीको हिरासतमा
  • ओलीको निरंकुशता चुड्कीको भरमा ध्वस्त पार्छौं: प्रचण्ड
  • वालिङमा उत्पादित बस्तुहरुको बजार सम्म पुर्याउन व्यवस्थित च्यानलको शुरुवात्
  • आजबाट स्वस्थानी आरम्भ
  • तरुण दलका कार्यकर्ताको हत्यामा संलग्नलाई कारबाही गर्न कांग्रेसको माग
  • पश्चिम नवलपरासीमा २ वटा गाडी सहित ४४ लाख मूल्य बराबरको…
  • सोमनाथ बाबा क्याम्पस सुनवलद्धारा बि।बि।एस। चौथो बर्षका विद्यार्थीहरुलाई विदाई ।
  • गणस्तरिय शिक्षाका लागि शिक्षकलाई तालिम