पहिरोका कारण बुटवल तानसेन सडक खण्ड एक तर्फी खुल्ला

प्रकाशित मिति:

मधुसूदन नेपाल – सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल तानसेन सडक खण्ड एक साइड तर्फ खुलाइएको छ ।

गएरातीदेखिको वर्षाले पाल्पाको तिनाउँ गाउँपालिका-५ कालिमाटीमा ढुङ्गा सहितको पहिरो खस्दा बिहान ८ बजेपछि बुटवल तानसेन सडक खण्ड अवरुद्ध भएको थियो। अहिले एक साइडको बाटो खुल्ला गराइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।