१० बर्ष नपुग्दै भत्कियाे  सहिद क. हुमानन्द बन्जाडेकाे स्मृति प्रतिक्षालय 

७ आश्विन २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


दिपेन्द्र खत्री -अर्घाखाँची । लामाे समयकाे अबिरल बर्षाका कारण अाज अर्घाखाँची जिल्ला मालारानी गाउँपालीका वडा नः २ डाडाकटेरी मा निर्मित सहिद क. हुमानन्द बन्जाडे स्मृति प्रतिक्षालय मा ठुलाे क्षती भएकाे स्थानीय बिकाश पछाईले जानकारी दिनुभयाे।

नेकपा एमालेका प्रभाबशाली नेता क.केपी शर्मा अाेली द्वारा २०६७ कार्तिक २७ गते समुदघाट्न भएको उक्त स्मृति प्रतिक्षालय अाज १० बर्ष नपुग्दै लगातार परेकाे अबिरल  बर्षाका कारण क्षति भएकाे हाे।बि.स २०१९ साल जेष्ठ महिनाकाे १४ गते जन्म लिएका सहिद क. हुमानन्द बन्जाडेकाे २०६१/६२ काे जन अान्दोलनमा मृत्युु भएकाे थियो ।

२०६७ कार्तिक २७ गते समुदघाट्न गरिएको स्मृति प्रतिक्षालय १० बर्ष नपुग्दै क्षति हुनु ,लज्जास्पद बिषय बनेकाे छ,उक्त स्मृति प्रतिक्षालय क्षति हुदा स्मृति प्रतिक्षालय तल पट्टी रहेकाे थाराेमा सम्म सामान्य क्षति भएकाे स्थानीय बताउँछन।

फेसबुकबाट तपाईको प्रतिक्रिया