मुखिया परिवारको सारथि बन्यो : घरघरमा हामी अभियान, नगद र खाद्यान्न लिएर घरमा

प्रकाशित मिति:

असोज ७, बुटवल , सामाजिक सेवामा सक्रिय घरघरमा हामी अभियानले यतिबेला राहात लिएर समस्यामा परेका परिवारलाई घरघरमै राहात पुर्याईरहेको छ ।  बुधबार सैनामैना नगरपालिका वडा नम्बर ११ स्थित सालझण्डी बनकट्टीमा रहेको एक परिवारलाई राहात बितरण गरेको छ । केही समय अगाडी साईकलबाट लड्दा हातको कुम भाचिएर अप्रेसन गर्नको लागि आवश्यक पैसासमेत नभएपछि बिरामी अवस्थामा बसेका दुर्गा मुखियाको परिवारलाई केही नगदसहित खाद्यान्न बितरण गरेको हो

चुहिने पुरानो माटाको टायल छाईएको घर,पुराना मनिखावा, भत्किने अबस्थामा रहेको घर, एउटा कोक्रो एउटा भैंसी, अर्काको खेती अधिया गरिरहेको मुखिया परिवारलाई कोरोना महामारी सगै ज्याला मजदुरी बन्द भएपछि बिहान खाए साझ के खाने भन्ने चिन्ताले सताउछ । ७ जनाको परिवारलाई वडाले दिएको २ दिनको राहातले त्यसपछि कहिले सापटी त कहिले मागेरै दिन काट्नु मुखिया परिवारको बाध्यता हो । एकातिर उपचार खर्च नभएर विरामी अबस्थामा बस्नुपर्ने बाध्यता अर्कोतिर छाक टार्नै धौधौ भैरहेको बेला घरघरमा हामीले दिएको खाद्यान्न र नगदले ठूलो गुन लगाएको मुखिया परिवारले बताए ।

अभियानका संयोजक शिव डुम्रेले मुखिया परिवारलाई खाद्यान्न र नगदसगै दुर्गा मुखियाको स्वास्थ्य उपचार र रोजगारको लागि समेत पहल गर्ने बताए । हामीले कुरा गरेपछि बुटवलको एक हस्पिटलले निशुल्क उपचार गर्दिनुहुने प्रतिबद्धता जनाएको छु डुम्रेले भने अब उपचार र खाद्यान्न नपाएर भोकै बस्नुपर्ने छैन, हाम्रो अभियानले जिम्मा लिन्छ । घरघरमा हामीले लगेको राहात र नगद हस्तान्तरण गर्दै सैनामैना नगरपालिका वडा नम्बर ११ अध्यक्ष सुनिल मरासिनीले अभियानले गरेको पहलको लागि बिशेष धन्यवाद दिदै वडाले स्वास्थ उपचारको आर्थिक सहायता उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए । अभियानले २५ किलो चामल, दाल, नुन तेल, तरकारी तथा भान्सामा प्रयोग हुने सम्पुर्ण सामाग्रीहरु साथै केही नगद समेत हस्तान्तरण गरेको थियो । घरघरमा हामी अभियानले अभियान सुरु गरेको केही समयमा नै धेरै परिवारलाई राहात, उपचार तथा रोजगारको लागि सहयोग गरिसकेको छ ।