स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा सम्पन्न

प्रकाशित मिति:

तोलाकान्त बगाले-वालिङ, ६ असोज ।वालिङ नगरपालिका अन्तर्गत स्वास्थ्य कार्यक्रमको आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक समीक्षा गरिएको छ।स्वास्थ्य शाखाको आयोजनामा भएको समीक्षा कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले स्वास्थ्यका क्षेत्रमा देखिएका समस्या तथा चुनौतिहरुलाई समाधान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वब्यापी महामारीकोरुपमा फैलिएको कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुले अंग्रपंक्तिमा रहेर अविछिन्नरुपमा गर्नुभएको सेवा प्रशंसायोग्य रहेको बताउनुभयो ।

“वालिङका नागरिकहरु उपचारकै लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य गर्ने गरी सुविधासम्पन्न अस्पताल निर्माणको कार्य अगाडि बढिसकेको छ” नगर प्रमुख खाँणले भन्नुभयो, “अब छिट्टै वालिङका नागरिकलाई स्वास्थ्यको पहुँचमा ल्याउने छौं” ।कार्यक्रममा उपप्रमुख कल्पना तिवारीले स्वास्थ्यकर्मीको निरन्तरको खटाईले मात्रै महामारीको सामना गर्न सकिएको बताउनुभयो । उहाँले स्वास्थ्यको विकास र थप ब्यवस्थित गर्नका लागि आवश्यक बजेट विनियोजन गरिएको बताउनुभयो ।

समीक्षा कार्यक्रमबाट प्राप्त भएका सुझावहरुलाई ग्रहण गर्दै गतवर्षमा भएका कमी कमजोरीहरु सुधार गर्दै आगामी कार्यक्रमहरु बनाउनुपर्नेमा उपप्रमुख तिवारीले जोड दिनुभयो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवाली, शिक्षा शाखा प्रमुख बाबुराम सापकोटा, सामाजिक विकास समिति संयोजक यूगमाया पंगेनीले सुझावहरुलाई आत्मसात गर्दै कार्यान्वयनमा उतार्न जोड दिनुभयो ।कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले समीक्षा कार्यक्रमबाट प्राप्त सुझावहरुलाई ग्रहण गर्दै आगामी कार्यक्रमहरुमा कार्यान्वयन गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

 

थप समाचार