अमेरिकामा पत्रकार कुटिएपछि विश्वप्रकाशको आक्रोशः सरकार ! लाज छोप्ने कि कलम निमोठ्ने ?

प्रकाशित मिति:

काठमाडौं २५ कात्तिक – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अमेरिकामा समाचार लेखेकै भरमा पत्रकार कुटिएको घटनाबारे सरकासँग प्रश्न गरेका छन् । बिआरटी नेपालका सम्पादक लोकमणि राईमाथि कुटपिट भएको घटनाप्रति इंगित गर्दै प्रवक्ता शर्माले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको अमेरिका भ्रमणमाथिसमेत प्रश्न उठाएका छन् ।

आइतवार ट्वीटरमा उनले लेखेका छन्, ‘बिदेश भ्रमणमा बसाउन खोजेको प्रणाली सहि थियो १ तर प्रदेश २ का मुख्यमन्त्रीले अनुमति नपाउने १ का´लाइ अनुमति नचाहिने १ यो न्याय, स्वतन्त्रता कि अराजकता @PM_Nepal ? पत्रकार लोकमणि राई यहि प्रकरण पिटिएका छन् । निर्देशन के छ,लाज छोप्ने कि कलम निमोठ्ने ????’

थप समाचार