३५ केजी चरेस सहित २ महिला पक्राउ ।

७ आश्विन २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


डिलाराम भुसाल-कपिलवस्तु ७ असोज । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा प्रहरीले ३५ केजी चरेस सहित २ महिलालाई पक्राउ गरेको छ । बुधवार दिउसो २ बजे भारत तर्फ लैजाँदै गरेको अवस्थामा खानतलासी गर्दा पक्राउ परेका थिए । ती महिलाले चरेस बोक्नको लागी सुटकेस र ग्यास सिलिन्डर प्रयोग गरेका बताएको छ । ग्यास सिलिन्डरको पिँधमा प्वाल पारी चरेस राखेर ल्याएका थिए । पक्राउ पर्नेमा मकवानपुर जिल्ला मनहरी नगरपालिका ९ का वर्ष ४० को शान्ती तामाङ र दाङ जिल्ला त्रिभुवन नगरपालिका ७ घर भई हाल कपिलवस्तुको शिवराज नगरपालिका ९ वानियाभार बस्दै आएकी बस्ती घर्ती रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताएका छन् ।

कपिलवस्तु प्रहरीले सोमवार यशोधरा ७ मर्यादपुरबाट लागु औषध सहित २ भारतीय नागरिक पक्राउ गरेको थियो । ब्राउन सुगर बिक्री गर्ने उद्देश्यले सीमावर्ती बजार मर्यादपुर पुगेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले सुराकीको आधारमा पक्राउ गरेको बताएको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर जिल्ला सोहरतगढ बस्ने वर्ष २५ को नियाज धुनिया र वर्ष २० को अजमेरी धुनिया रहेका कपिलबस्तु प्रहरीले बताएको छ । उनीहरुको साथबाट प्रहरीले २७ ग्राम ब्राउन सुगर बरामद गरेको छ । धागोले बेरिएको अवस्थामा ८ वटा पोका बनाई प्लास्टिकमा राखी लुकाएर ल्याएका थिए ।

पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान गर्न सुरु
गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएका छन् । फोटो विवरण इलाका प्रहरी कार्यालय कृष्णनगरले भारत तर्फ लैजादै गरेको अवस्था बरामद गरेको ३५ केजी चरेस ।

फेसबुकबाट तपाईको प्रतिक्रिया