कपिलवस्तुमा बिद्युत प्राधिकरणको जिप खोलाले बगायो १ को मृत्यु २ खोलामा बेपत्ता

प्रकाशित मिति:

डिलाराम भुसाल-कपिलवस्तु ७ असोज । कपिलवस्तुको बाणगंगा नगरपालिकाको ७ मोतिपुर कोइली खोलामा आएको बाढीले बिद्युत प्राधिकरणको जिप बगाउदा १ जनाको मृत्यु भएको छ । बुधवार दिउसो ४ बजे बाणगंगा नगरपालिकाको वडा नं ९ भलवाडमा बिद्युत बनाएर फर्किने क्रममा बा १ ञ १०८९ नम्वरको जिप बगाएको थियो ।

वाणगंगा मोतिपुर ७ को कवजे पार गर्ने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराजअधिकारीले बताएका छन् । मृत्यु हुनेमा गुल्मी जिल्ला रेशुंगा नगरपालिका उपल्लो तम्घासका बिद्युत प्राधिकरणका सवारी चालक माधव पाण्डे रहेकोबताएको छ । २ जना हाल सम्म बेपत्त रहेका छन । खोलामा बेपताहुनेमा बिद्युत प्राधिकरण जितपुर फ्युज सेवाका प्रमुख कृष्ण पौडेल र नाम नखुलेका एक जना ब्याक्ती समेत रहेको बताएको छ ।

जिपमा ४ जना बिद्युतका कर्मचारी र २ जना सर्वसाधरण चढेका थिए । २ कर्मचारी र १ सर्वसाधरण पौडेर भाग्न सफल भएको बाणगंगा नगरपालिका वडा नं. ७ का अध्यक्ष विष्णु गिरीले बताएका छन् । घटना स्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परीचालन भई खोजतलास जारी रहेको सशस्त्र प्रहरी २८ नं. गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीले बताएका छन् । खोलामा पानीको बहाव भएको कारणले खोजतलास गर्न असहज भएको बताएको छ ।