आँखा रोगबाट ग्रसित ११ वर्षिय सदाय परिवारका नेहा लाई आर्थिक सहयोग

प्रकाशित मिति:

महेश सिंह-सिरहा लहान। सिरहाको मिर्चैया नगर पालिका वडा नम्बर ३राघोपुर बकथलवा टोलको भोला सदायको ११वर्षिय छोरी नेहा कुमारी सदाय बिगत ५ बर्ष देखि आँखाको रोगबाट पीडित छिन।ऊनि सानौ उमेरमा साथीहरू संग खेलने क्रममा आफुलाई थाहै नभई ब्या आँखामा समान्य चोट लागेको बताईन।बुवा भोला सदाको अनुसार छोरीलाई अँखामा समान्य चोट लागेको करिब ५ बर्ष भयो।

बिस्तारै नेहा सदाकी आँखा रातो हुदै आँखामा  सुजन र भित्र दुख्न थाने पछि केहि महिना अगाडि उनलाई चेक जांचको लागि मिर्चैया आँखा  अस्पतालमा उपचार गराउन लागेकी थिईन। नेहाकी उपचारमा ठुलो रकमको आवश्यकता रहेको छ त्यसको मध्यनजर गर्दै मनकारी युवाहरूको एक संस्था जनकल्याण ईन्टरनेशनल गुरुप नेपाल द्धारा पीडित नेहा कुमारी सदालाई संस्थाको अध्यक्ष तत्काल उपचारको लागी १०,००० दश हजार रुपैयाँ पीडितलाई सहयोग गरेका संस्थाको सल्लाहकार धनिर सदाले जानकारी दिनु भयो । उनलाई नेहा घरकी आर्थिक अबस्था एक दमै नाजुक र दैनिय छिन। नत बास बस्ने राम्रो घर छ नत घरारी एलानि जग्गामा घर बनाए बस्दै आएका हुन। नेहा की बुवा आमा, ज्याला मजदुरी गरेर घर परिवार चलाउने गर्ने गरेको छ। एक छाक टार्न ऊनीहरुलाई अर्काको खेत बारीमा मजदुरी गर्न जानु परेको छ।

बिरामीलाई उपचार गराउन पैसा थिएन।नेहा की आँखा समस्या झन दिन प्रतिदिन बिगरिदै गयो।हाल ऊनीकी आँखामा मासु पलाएर अर्थात टिउमर भए आँखानै काम नलाग्ने भएको छ,सदायलाई उक्त आँखा देखिने चान्स छैन उन्लाई आर्टि फिसियल  आँखा लगाउनु पर्छ त्यो आँखामा ज्योति आउदैन सौन्दर्यताको लागी मात्र रहने छ,डाक्टर सतबुध श्रेष्ठ र सागरमाथा चौधरी अँखा अस्पतालमा कार्यरत ललित नारायण महतोले जानकारी दिनु भयो। नेहाकी आँखा अहिले बाहिर निस्किएको देखिन्छ। हेर्दा अनभिगिय र डरलाग्दो भएको छ।

उनलाई उपचारको लागी सिरहाको लहान नगरपालिका ३ स्थित रहेको सागरमाथा चौधरी आँखा  अस्पताल लहानमा उपचारको लागि ल्याएको छ्। भोला सदा संग पैसा नै छैन गाउँमा कसैले ऋण कर्जा दिन मान्दैनन किन भने सदा संग केहि पैत्रिक सम्पत्ति न भएको कारण ऋण दियो भने उनलेे कहाँ बाट तिर्छ भने डरले कसैले दिन मान्दैन । अहिले भोला सदा आर्थिक सहयोगको लागी दाताहरु संग गुहार मागदै हिन्छन् ।