आज बुधबारको राशिफल

प्रकाशित मिति:

आज २०७७ असोज ७ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ रु ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ- जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । स्वादिष्ट भोजनपनि पाईनेछ । वृष -इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- आज अकस्मात् धन सम्पत्ति हात पर्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ । मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, हा- बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।

कर्कट ,हि, हु, हे, हो, डा, डि, डु, डे, डो- नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । दैनिक कार्यमा प्रगति हुनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । रमणीय र सुखद् यात्राको योजना बन्ला । सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । ठुला व्यक्तिले तपाईंका मेहनतको प्रसंसा गर्नेछन् । धनार्जनका नयाँ योजना र स्रोतहरू पत्ता लाग्नेछन् । कन्या ,टो, पा, पि, पु, ष, ण, ठ, पे, पो- आज मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । पारिवारिक साथ र सहयोग मिल्नेछ । तुला ,रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । आकस्मिक धन लाभपनि हुनेछ । महिला वा मित्रबाट विशेष साथ र सहयोग मिल्नेछ । वृश्चिक ९तो, ना, नि, नु, ने, नो, या, यि, यु, गरेको काममा ढिलासुस्ती हुनेछ दबाब र तनाव बढेको महसुस हुनेछ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला । धनु ,ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । साहित्यिक क्षेत्रमा रूची बढ्नेछ । पारिवारिक साथ, प्रेम, सद्भाव र स्नेह बढ्नेछ ।

मकर ,भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- शुभ समाचार सुन्न पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । घरमा अतिथीको आगमन हुनेछ ।कुम्भ -गु, गे, गो, सा, सि, सु, से, सो, दा-आत्मिक सन्तुष्टि मिल्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । तिर्थाटनको योगपनि छ ।मीन -दि, दु, थ, झ, ञ, दे, दो, चा, चि-आजको दिन प्रतिकूल समयछ, संयम रहनु होला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । जिद्दीपनाले गर्दा काम बिग्रने र प्रेममा मनमुटाव आउला ।