बुटवल नगर खेलकुद विकास समिति बुटवलद्धारा बुटवल उपमहानगर क्षेत्रका खेल मैदानहरुको संभाव्यता अध्ययन कार्य सम्पन्न

प्रकाशित मिति:

बुटवल- बुटवल नगर खेलकुद विकास समिति बुटवलद्धारा बुटवल उपमहानगर क्षेत्रका खेल मैदानहरुको संभाव्यता अध्ययन कार्य सम्पन्न भएको छ । ’समृद्ध बुटवल खुशी बुटवलवासी’ भन्ने मूलनारा लिएको बुटवल उपमहानगरपालिकाले नगर क्षेत्रमा रहेका शैक्षिक क्षेत्र बाहिरी खेलकुदको माध्यमबाट समाजमा अनुशासन, सामाजिक सदभाव कायम राखि ’राष्ट्रको लागि खेलकुद स्वास्थका लागि खेलकुद’ भन्ने नारालाई उच्च प्राथमिता दिई विकास अनुशासन र गतिशिलतालाई आत्मसात गर्दै युवाहरुलाई धुम्रपान, मध्यपान, लागुपदार्थ र्दूव्यसनको कुलतबाट जोगाई शारिरीक एवं मानसिक विकास गरी सक्षम अनुशासित र सभ्य सुसस्कृत समाज निर्माणको लागि वुटवल उप–महानगरपालिकाले उपमहानगर क्षेत्र भित्र खेलकुदमा स्वच्छ प्रतिस्पर्धाको भावना जागृत गराई परिश्रम र परिवर्तन प्रति सचेत, स्वस्थ्य नागरिक तयार गर्नको लागि विभिन तालिम खेलकुद सम्बन्धी प्रतियोगिताहरु सञ्चालन गरी उप–महानगरमा खेलकुद विकास गर्न र उपमहानगरमा रहेका खेल सम्बन्धी संघ सस्था, क्लवहरुलाई प्रोत्साहन एवम् नियमन गर्न नगरखेलकुद विकास समिति सञ्चालन कार्यविधि २०७५ जारी गरि खेलकुद समिति गठन गरिएको थियो ।


नगरखेलकुद विकास समितिले बुटवल नगर क्षेत्रमा रहेका इनडोर, आउटडोर खेल मैदान तथा कवडहलहरुको अवस्था बारेमा सम्भाव्यता अध्ययन गरी खेल मैदानको संरक्षण विकास र विस्तारको लागि २०७७भाद्र २३ र २४ गते र २०७७आश्विन ४ र ५ गते गरी चार दिन बुटवल उप–महानगरपालिका अन्र्तगतका वडा नं १ देखि १९ सम्मका खेल पूर्वाधारहरुको अध्ययन गरेको हो । बुटवल उप–महानगरपालिका विगत वर्षहरुमा पनि अधिराज्यका नगरपालिकाहरु मध्ये न्यूनतम शर्त तथा कार्यसम्पादन मूल्याङन ९ःष्लष्mगm ऋयलमष्तष्यल या एभचायचmबलअभ ःभबकगचझभलत ० ःएऋः मा ५ पटक नेपालमा उत्कृष्ट भएको थियो । पत्रकारितामा मोफसलको राजधानी ९इगतकपष्चतक ऋबउष्तब०ि औद्योगिक तथा व्यापारीक नगर र शैक्षिक हवको रुपमा पहिचान कायम गर्न सफल भएकोमा खेलकुद क्षेत्रमा पनि योजनावद्ध विकास, सुधार एवं प्रवर्दन गर्ने कार्यक्रम अन्तरगत दोस्रो चरणमा खेलमैदानहरुको सम्भाव्यता अध्ययन गरिएको हो ।

१ नवीन औद्योगिक कदर बहादुर रीता मा.वि. र लुम्बिनी वाणिज्य क्याम्पसको संयुक्त खेलमैदान
देवीनगर बुटवल ११ यस खेल मैदानमा फुटबल, फिल्ड रट्रयाकका खेलहरु खेल्ने गरिन्छ । विद्यालयको १५ कट्ठा क्याम्पसको २ विगाहा ५ कट्ठा गरी ३ विगाहा क्षेत्रफल रहेको छ । यस खेल मैदानमा फिलिङ, नाली व्यवस्थापन र बाँकी स्थानमा कम्पाउण्ड वाल निमार्ण गर्नुपर्ने अव्यवस्थित चौपाया नियन्त्रण र संरक्षण गर्न विद्यालय र क्याम्पसको सहकार्यमा गेट निमार्णगर्ने योजना भएको बुटवल उप–महानगरमापालिका वडा नं. ११ का वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताउनु भयो ।
२ हात्ती सुँड पार्क बुटवल ११
यस हात्ती सुँड पार्क एतिहासिक महत्व बोकेको पार्क हो । यस क्षेत्रकाआम नागरिकलाईखुला जीम निर्माण गरि ११ वटा खेलका आइटम व्यवस्थापन गर्ने योजना भएको समाजसेवी तथा युवा नेता राजेन्द्र ढकाल बताउनु हुन्छ । यस पार्कको संरक्षण हात्ती सुँड टोल विकास संस्थाले गर्दैै आएको छ ।
३ नव दिलिप कवडहल उपल्लो माँझगाँउ बुटवल ११
यस कवडहलमा २ वटा व्याडमिन्टन कोटहरु रहेका छन । यसमा नेपाली सेना, नेपाल प्रहरी, निजामति कर्मचारी एवं अन्य खेल प्रेमीहरुको आर्कषणको केन्द्र बनेको छ । यसबाट बजारमा खेलाडीहरु उत्पादन हुन नसकेको हुँदा त्यसतर्फ जोड दिनु पर्ने देखिन्छ । यस कवडहललाई थप विकास गर्न बुटवल उपमहानगरमापालिकाले ५ लाख बजेट विनियोजन गरेको वडा सदस्य एवं नगर शिक्षा समितिका सदस्य नकुल शाही बताउनु हुन्छ ।
४ तल्लो देवीनगर सार्वजनिक खाली मैदान बुटवल ११
करिव २० विगाहा क्षेत्रफल रहेको यस मैदानमा नेपालकै सबैभन्दा बढी जनघनत्व भएको वडा कार्यालय निमाणर््ा भइ रहेको छ । यसमा वोटानिकल गार्डेन, पार्किङ क्षेत्र,चिल्ड्रेन पार्क, भलिवल, वेडमिन्टन, टेवलटेनिस कोर्ट निमार्णगर्न सकिने यस मैदानलाईदीर्घकालिन रुपमा गुरु योजना बनाएर अगाडी बढ्नु पर्ने वडा अध्यक्ष रामचन्द्र क्षेत्रीले बताउनु भयो ।
५ प्रगतिनगर खेल मैदान प्रगतिनगर बुटवल ११
प्रगतिनगर खेल मैदान व्यवस्थापनको लागि राष्ट्रिय खेलकुद परिषदबाट ५ लाख बजेट विनियोजन भएको थियो । यस खेल मैदानलाइ कम्पाउण्ड वाल, फिलिङ, गे्रडिङ र लेवलिङगर्नुपर्ने आवश्यक भएको टेकबहादुर गुरुङले बताउनु भयो । यस खेल मैदानको संरक्षण प्रगति समावेशी युवा क्लवले गर्दै आएको छ ।


६ एन्फा टेक्निकल सेन्टर देवीनगर बुटवल ११
यस एन्फा टेक्निकल सेन्टरमा फुटवलका राष्ट्रिय स्तरका खेलहरु सञ्चालन हुने गर्छन यसमा फिल्ड,ट्रयाक, भलीवल लगायतका खेलहरु खेल्न मिल्ने गर्छ । यस सेन्टरमा २ वटा प्याराफिट निर्माण गर्न राष्ट्रिय खेलकुद परिषदबाट २४ लाख र ३० लाख वजेट विनियोजन भएके थियोरएन्फा टेक्निकल सेन्टरले पूर्वाधार निर्माण र विकासमा एक करोडर बुटवल उप–महानगरमापालिकाबाट २५ लाख बजेट विनियोजन भएको थियो । छेउमा देवीनगर टेनिस कम्प्लेक्स अन्तरगत २ वटा लन टेनिस कोर्टहरु निमार्ण भएका छन र यसमा राष्ट्रिय खेलकुद परिषदको रु ७४ लाख विनियोजन भएको थियो भने ९० लाख खर्च भएको देवीनगर लन टेनिसका सस्थापक अध्यक्ष एवं नगरखेलकुद विकास समितिका सदस्य अशोक गुरुङ बताउनु हुन्छ ।उक्त लन टेनिस कम्प्लेक्समा सीमित व्यक्तिमात्र खेल्ने हुँदा यसलाई सुधार गर्नुपर्ने बुटवल नगर खेलकुद विकास समितिका सदस्य नवीन थापा सारु बताउनु हुन्छ ।
७ नहरपुर मा.वि. खेलमैदान बुटवल ११
नहपुर मा.वि.को स्वामित्वमा रहेको यस खेल मैदानमा फुटवल खेल खेल्ने गरिन्छ उक्त खेलमैदान पूर्वतर्फ वाल लुगाउन पर्ने, फिलिङ, रोलिङ गर्नु पर्ने र उक्त खेलमैदान निर्माणमा पूर्व अर्थमन्त्री, ने.कपा. महासचिव एवं सघीय संसद माननीय विष्णु प्रसाद पौडेलको पहलमा १४ लाख र बुटवल उपमहानगरपालिकावाट ५ लाख वजेट विनियोजन भएको नहरपूर माध्यमिक विद्यालयका प्रधानाध्यापक एवं नगर शिक्षा समितिका सदस्य धनिश्वर गौतम वताउन हुन्छ । साथै उक्त खेलमैदानलाई राष्ट्रिय स्तरमा स्तर वृद्धि गर्न सम्वधित निकायसंग आग्रह समेत गर्नु भएको छ ।
८ सतगढी खेलमैदान ढवाह बुटवल १२
सतगढी खेलमैदानमा फुटवल र क्रिकेट खेल हुदै आएको आज सम्म यस खेल मैदानलाई वजेट विनियाजन नभएको यस क्षेत्रमा कम्पाउण्डवाल नभएकाले चौपायाहरु सजिलै जाने अर्कातर्फ सवारी साधन प्रशिक्षण केन्द्रको रुपमा रहेकाले यसलाई कम्पाउण्ड गर्नु पर्ने, पूर्व साइडमा तरवन्ध गर्नु पर्ने, सतगढी टोल विकास समितिका अध्यक्ष योगेन्द्र छन्त्याल वताउनु हुन्छ ।
९ छन्त्याल तारा खेल मैदान ढवाहा बुटवल १२
रुपन्देही जिल्लाको एउटा नमुना खेलको रुपमा रहेको तारा खेल मैदान ३० वर्ष अगाडी छन्त्याल जातीहरुले तारा खेलको पूर्वाधार नभएकोले बुटवल उप–महानगरपालिका र छन्त्याल समितिको पहलमा खेल मैदान तयारी गर्दा २ वर्ष लागेकोले यसलाई अझै व्यवस्थित गर्न उत्तर तर्फ वाल निर्माण गर्नु पर्ने, प्रतिक्षालय, कार्यालय, स्टोर्स, प्यारा फिट, चमेनागृह, चेन्जिङ रुम निर्माण, माटो फिलिङ, रोलिङ गर्नु पर्ने र यसको संरक्षण छन्त्याल जातीहरुले गर्दै आएको र यस खेलको लागि इच्छुक खेलाडिहरुलाई प्रशिक्षण दिने खेलमा सहभागि गराउने नीति भएको छन्त्याल समाज रुपन्देहीका अध्यक्ष भरत छन्त्यालले वताउनु भयो । यस खेलको प्रोत्साहन गर्न २०७० मा बुटवल उपमहानगरपालिकाले ५० हजार लगानी गरेका थियो र उक्त स्थानलाई थप व्यवस्थित गर्न बुटवल उपमहानगरपालिकाले १७ लाख पचास हजार र छन्त्याल समाजवाट २१ लाख ५० हजार आज सम्मविनियोजन भएको र उक्त खेलको लागि आवश्यक पर्ने धनुष, तिर अष्ट्रेलियाबाट आर्यात गर्दा बढी महगो पर्ने भएकोमा हाल म्याग्दीबाट सामाग्रीहरु ल्याएर कालीगढ मार्फत धनुष र तिर निर्माण गरि प्रयोग गरिदै आएको सतगढी टोल अध्यक्ष योगेन्द्र छन्त्यालले बताउनु भयो ।
१० पासाङ पथ खेलमैदान बुटवल ११
पासाङ पथ खेलमैदानमा फुटवल र क्रिकेट खेल खेलिने गरिएकोमा यसमो ग्राउण्ड विस्तार एवं व्यवस्थापन गर्नु पर्ने आवश्यक रहेको छ । यस खेल मैदानमा करिव १५ कट्ठा जग्गा रहेको छ ।

११ भैरब टोल खेल मैदान बुटवल १२
यस भैरब टोल खेल मैदानमा फुटवल र क्रिकेट खेल खेल्ने गरिएको र यस खेल मैदानमा कम्पाउण्ड वाल, फिलिङ, ग्रेडिङ गर्न आवश्यक भएको नगर खेलकुद विकास समितिका सदस्य गिरिराज कुँवर (विजय) ले बताउनु भयो ।
१२. रानीगन्ज खेल मैदान बुटवल १७
करिब ५ विगाह क्षेत्रफल भएको यस रानी गन्ज खेल मैदानमा नजिकै हाट बजार रहेको र यस खेल मैदानलाई फुटबल खेलमा संचालन गर्ने गरी माटो फिलिङ, तारवार र ग्रेडर लगाएर व्यवस्थापन गर्ने योजना भएको वडा अध्यक्ष सन्त बहादुर राना बताउनु हुन्छ ।
१३. रानी गन्ज दोस्रो फुटवल मैदान बुटवल १७
यस फुटवल खेल मैदानमा नाली ब्यवस्थापन, फिलिङ, ग्रेडिङ र रोलिङ गरी क्रिकेट खेल मैदानमा ब्यवस्थापन गर्नु पर्ने नगर खेलकुद विकास समितिका सदस्य मणीरत्न भण्डारी बताउनु हुन्छ ।
१४. हरिहरपुर व्याडमिन्ट कोर्ट बुटवल १७
यस खेल व्यवस्थापनको लागि बुटवल उप–महानगरपालिका अन्तरगत वडाबाट ५० हजार र स्थानिय क्लबहरुबाट ४२ हजार जनसहभागितामा निर्माण भएको र यसलाई कवडहल बनाउनु पर्ने माग भएको क्लवका अध्यक्ष उमेश थापा बताउनु हुन्छ ।

१५. हरिहरपुर फुटवल मैदान बुटवल १७
यस खेल मैदानको संरक्षण गर्नुपर्ने चारैतिर कम्पाउण्ड गर्नु पर्ने र यसलाई फुटवल मैदानको रुपमा विकास गर्नुपर्ने स्थानीयको माग छ । उक्त खेल मैदान हरिहरपुर टोल विकास संस्थाद्धारा संरक्षित रहेको छ ।
१६. धन्दापुर खेल मैदान बुटवल १८
धन्दापुर खेल मैदानमा फुटवल, भलिवल कोर्ट निर्माण गरिएको छ । यस खेल मैदान करिव ५ विगाहा क्षेत्रमा फैलिएको छ । यस खेल मैदानमा राष्ट्रपति रनिङ्ग शिल्ड अन्तरगत फिल्ड र टयाकका खेलहरु सञ्चालन गर्न पुग्ने यस खेल मैदानमा कम्पाउण्डवाल, प्याराफिट निर्माण गर्नु पर्ने र यस खेल मैदान निर्माण र व्यवस्थापनमा आज सम्म बजेट विनियोजन नभएको यस खेल मैदानमा क्रिकेट खेल मैदान निर्मार्ण गर्न माग गरिएको छ र यस खेल मैदानको संरक्षण धन्दापुर झरना युवा क्लवका अध्यक्ष माधव प्रसाद घिमिरे बताउनु भयो । क्लवले जन सहभागिताबाट खेलमैदान व्यवस्थापन गर्दै आएको छ भने करिव १२ कट्ठा जग्गामा सामुहिक माछापालन पनि सञ्चालन गरेको धन्दापुर टोल विकास संस्थाका अध्यक्ष गंगा बहादुर घिमिरे बताउनु हुन्छ ।
१७. सौराह खेलमैदान बुटवल १८
यस खेल मैदानलाई चारैतिरबाट कम्पाउण्ड वाल पश्चिममा फिलिङ गर्नुपर्ने आवश्यकता रहेको छ । यस खेलमैदानमा आजसम्म कसैले पनि लगानी गरेको छैन । यस खेल मैदानलाई सौराह टोल विकास समितिले संरक्षण गर्दै आएको छ । यस खेलमैदानमा जानको लागि सडक ग्राभेल गर्नुपर्ने देखिएको छ ।
१८. खुला जिम सरस्वती पार्क बुटवल १
यस पार्कमा व्यायामको लागि आवश्यक पर्ने सामग्रीहरु जडान गरिएको र यसमा बुटवल उप–महानगरपालिकाबाट वजेट विनियोजन भएकोले कम्पाउण्डवालनिमार्ण गर्ने र ट्रस निर्माण गरि बिहान ५ बजेबाट ८ र बेलुकी ५ बजेदेखि ७ बजे सम्म सुबिधा दिने योजना भएको वडा अध्यक्ष महेन्द्र प्रसाद लिगल बताउनु हुन्छ ।

 

नगर खेलकुद विकास समितिका संयोजक नन्द बहादुर काउचाको नेतृत्वमा सदस्यहरु प्रेम बहादुर बस्नेत मणिरत्न भण्डारी, अशोक गुरुङ, अर्जुन घिमिरे, उमेश थापा, गंगा राम सुनार, गिरिराज कुवँर (विजय) नवीन थापा सारु लगायतको सहभागिता रहेको थियो ।