पानीको बहाव बढेपछि गण्डक ब्यारेकका सबै ढोका खोलिए

प्रकाशित मिति:

प्रकाश न्यौपाने
नवलपरासी, ८ असोज । अविरल रुपमा परेको बर्षाका कारण नारायणी नदीमा ठूलो बाढी आएपछी पानी निकासका लागि त्रीबेणी गन्डकको सबै ढोका खोलिएको छ। २ दिन देखि लागातार भारी वर्षाका कराण नारायणी नदीमा पानीको बहाव बढेपछि नेपाल भारत सिमामा रहेको गण्डक ब्यारेजको सबै ढोका खोलिएको हो।
नारायणी नदीमा पानीको बहावले नारायणी पुलमा चेतावनी सतह पार गरेको छ भने देभघाटमा खतराको चिन्ह समेत पार गरिसकेको छ। यो समाचार त्यार गर्दासम्म देबघाटमा ८.०४५ र नारायणी पुल नारायणघाटमा ११.३३ मिटर पानी चाप बढेको प्रशासन कार्यालयले जनाएको छ।

मुसलधारे बर्षाले नदिमा पानीको चाप झनै बढ्दै जाने र खतरा बढ्दै जाने भएकाले पुर्बी नवलपरासी र पश्चिम नवलपरासीका नदि छेउछाउका वासिन्दाहरुलाइ सतर्क रह्न प्रशासनले आग्रह गाएको छ।