उपचार खर्च नहुर्दा अस्पतालमै खाड रेम लाल परियार सहयोगको अपिल

प्रकाशित मिति:

सूर्य सुनार, गुल्मी-जिल्ला अस्पताल गुल्मीमा रेम लाल परियार संग उपचार खर्च नहुर्दा अस्पतालमै खाड परेका छन् । व्यूठान जिल्ला गौमुखी गाउँपालिका वडा नम्बर २ डाँडागाउँका रेम लाल परियार उपचार खर्च नहुर्दा जिल्ला अस्पतालमै खाड परेर बस्न परेको उहाँका माइला बाबुका छोरा यम बहादुर परियारले जानकारी दिनुभयो ।

तमघासमा पलेदार काम गरेर जिवीको पार्जन गदै आउनु भएका परियार आफनो बहिनीको डेरामा बस्दै आउनुभएको थियो । उहाँको २ भाई छोरा र ३ बहिनी सहित ५ जना सन्तान रहेको र श्रीमति पहिला गएकि यम बहादुर परियारले बताउनुभयो । उनको परिवार सबै व्यूठान रहेको र उनी एक्लै तम्घासमा काम गदै आएका थिए । परिवार संग पराम्स गर्दा हामी पनि यता बाढी पहिरोले गर्दा घर बगाएकोले समस्यामा परेकोले उपचार गर्न केही उपाय नलाग्ने जवाफ परिवारले दिइएको उहाँका माइला बाबुका छोरा यम बहादुर परियारले बताउनुभयो । जिल्ला अस्पताल गुल्मीले बिरामीलाई यहाँ उपचार गर्न सम्भवना नभएको भन्दै बुटवल लुम्बिनी अस्पतालमा लैजान भने पनि परिवार संग उपचार खर्च नहुर्दा बुटवल लुम्बिनी अस्पतालमा लैजान नसकेको यम बहादुर परियारले बताउनुभयो । उनी अहिले ३० वर्ष भएका छन् । उनको मुटुमा समस्या देखिएकाले बिरामीको अवस्था जटिल भएको डाक्टरले बताएको यम बाहादुर परियारले बताउनुभयो । दलित विपन्न परिवारमा जन्म लिएका रेम लाल परियार को उपचार खर्च हुन सकेको छैन् । उनको ज्यान बचाउनका लागि उनका माइला बाबुका छोरा यम बहादुर परियारले सबै संग आर्थिक सहयोग मागनु भएको छ ।

मानव भएर मानवको दुखमा साथ दिनु हामी सबैको कर्तव्य हो । उनको ज्यान बचाउन सबैले सहयोग गर्नुपर्छ । विहान वेलुका छाक टार्ने कसरी हो भने पिरालोले परिवारलाई सताउन्छ् उपचार गर्ने कुरा त परई जाहोस उपचार परिवार बाट नहुने भएकाले सबैले सहयोग गरिदिन परिवारले आग्रह गरेको छ । यदी सहयोग गर्न चाहेमा ९८४९१८५८३३ र ९८११४२८८७७ र मा हुकुम थापा संग सम्पर्क गर्न सकिने छ । साथै अहिले देशमा झन्डै दुई तिहाईको सरकार हुर्दा पनि नागरिकले स्वास्थ्य उपचार खर्च नपाउनु दुखनीय विषय हो ।