केएल राहुलले बनाए शतक, बैंगलोरले पायो २०७ रनको लक्ष्य

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंगलोरलाई २०७ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ३ विकेट गुमाउदै २०६ रन बनाएको हो ।
पञ्जाबका लागि कप्तान केएल राहुलले शतकीय पारि खेलेका थिए । राहुलले ६२ बलमा १२ चौका र ३ छक्का प्रहार गरेर आफ्नो शतक पुरा गरेका थिए ।
यो यस सिजनको आइपिएलको पहिलो शतक हो ।
राहुलले अविजित रहदै १४ चौका र ७ छक्कासहित ६९ बलमा १३२ रन बनाएका थिए ।
राहुलले हानेको बलमा बैंगलोरका कप्तान विराट कोहलीले दुई पटक क्याच छोडेर जीवनदान दिएका थिए ।
पञ्जाबका लागि मयंक अग्रवालले २६ रन बनाए भने निकोलस पुरनले १७ रन बनाए । त्यस्तै ग्लेन म्याक्सवेल ५ रन बनाएर आउट भए भने करुण नायरले अविजित १५ रन बनाएका थिए । बैंगलोरका बलर शिभम दुबेले २ विकेट लिए भने युजवेन्द्र चहलले एक विकेट लिएका थिए ।
पञ्जाबले आफ्नो पहिलो खेल दिल्ली क्यापिटलसँग सुपर ओभरमा हार बेहोरेको थियो भने बैंगलोरले पहिलो खेलमा सनराइजर्सलाई पराजित गरेको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया