आज शुक्रबारको राशिफल

प्रकाशित मिति:

आज २०७७ असोज ९ गते शुक्रबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ रु भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ रु ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ स् मेष ९चु, चे, चो, ला, लि, लु, ले, लो, अ- आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । व्यवसाय बढाउने वा नवीन रोजगारीको अवसर आउनेछ ।

वृष , इ, उ, ए, ओ, वा, वि, वु, वे, वो- आज सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । गरेका काममा ढिलासुस्ती हुनेछ । आर्थिक कारोवारमा मन्दी आउनेछ । मिथुन ,का, कि, कु, घ, ङ, छ, के, को, हा- आज मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न थप ऊर्जा प्रदान गर्नेछ । आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभब मिल्नेछ । कर्कट ,हि, हु, हे, हो, डा, डि, डु, डे, डो- आज भाग्यले साथ दिनेछ भने काममा सफलता हात पर्नेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

सिंह -मा, मि, मु, मे, मो, टा, टि, टु, टे- आज धर्म, तथा समाजसेवामा मन लाग्नेछ । चिताएको कामले तीव्रता लिनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कन्या टो, पा, पि, पु, ष, ण, ठ, पे, पो-आज प्रेममा सफलता प्राप्त हुनेछ । शुभ समाचार सुन्न पाइएला । नसोचेको ठाउँबाट धनागम हुनेछ । विशिष्ट व्यक्तिको सहयोगपनि पाईनेछ । तुला ,रा, रि, रु, रे, रो, ता, ति, तु, ते- आज रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ । पठनपाठनका क्षेत्रबाट लाभ लिन सकिनेछ । महिला वर्गबाट विशेष सहयोगपनि मिल्नेछ । वृश्चिक , तो, ना, नि, नु, ने, नो, या, यि, यु- भाग्यले विभिन्न अवसर जुराउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । घरमा अतिथीको आगमन हुनेछ । संगीतमा रुचिपनि बढ्नेछ । धनु ,ये, यो, भा, भि, भु, धा, फा, ढा, भे- मानसिक चिन्त वढेपनि कार्य क्षेत्रमा प्रगती हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

मकर -भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि- आज हेलचेक्र्याइँले काममा उल्टो परिणाम दिन सक्छ, सचेत रहनुपर्ला । आलस्य र थकानको अनुभूति हुनेछ । झुटा आरोपपनि लाग्न सक्छ ।कुम्भ ,गु, गे, गो, सा, सि, सु, से, सो, दा- आज भौतिक साधन जुटाउने समय छ । अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । सहयोगीहरूले काममा साथ दिनेछन् । मीन ,दि, दु, थ, झ, ञ, दे, दो, चा, चि-शुभकार्यको चर्चा चल्नेछ । छोटो दुरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।