तिनाउबाट एक पुरुषको जिवितै उद्धार

९ आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


सबलपोष्ट- रुपन्देहीको तिलोतमा नगरपालिका ६ गोरकट्टास्थित निर्माणाधीन पुलबाट तिनाउ खोलामा खसेका एक पुरुषको प्रहरीले उद्दार गरेको छ । ईलाका प्रहरी कार्यालय मंगलापुर र ईलाका प्रहरी कार्यालय बुटवलको टोलीले शुक्रवार बिहान बेहोस अवस्थामा उद्दार गरेको हो ।
उनी गएराती साईकलमा हिंड्दै गर्दा खसेको हुन सक्ने प्रहरीले जनाएको छ । उनको पहिचान खुलेको छैन । घाईते उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरिक्षक प्रतीत सिंह राठौरले बताए । स्थानियले देखेपछि खबर गरेको र आफुहरु गई उद्धार गरेको उनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया