दाउन्नेमा पहिरोले बस पुरिंदा एकको मृत्यु, १७ घाइते

९ आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


पूर्वी नवलपरासीको बुटवल- नारायणगढ सडकखण्ड अन्तर्गत दाउन्नेमा खसेको पहिरोमा  बस पुरिंदा बसमा सवार एक जनाको मृत्यु भएको छ । पहिरामा परी १७ जना घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार बिहीबार साँझ विनयी त्रिवेणी २ विश्वकर्मा बाबा मन्दिर नजिकै माथिबाट खसेको पहिरोमा परी ना ५ ख ७९४० नम्बरको बस पुरिएको थियो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको उक्त बस पुरिंदा बसमा सवार १८ जना घाइते भएका छन् । घाइतेमध्ये पश्चिम रुकुमको आठविसकोट गाउँपालिका १० बस्ने २५ वर्षीय हरिषचन्द केसीको बिहीबार राति ९ बजे  उपचारको क्रममा पुरानो मेडिकल कलेज चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए ।

प्रहरीका अनुसार दुर्घटनामा परी ११ जना सामान्य घाइते भएको र ६ जनाको अवस्था गम्भीर रहेको छ ।  पहिरोमा पुरिएर सल्यानको श्रीनगर गाउँपालिका निवासी २७ वर्षीया प्रतिभा खड्का, सोही स्थानका १० वर्षीय प्रज्ञान बस्नेत, १६ वर्षीया खुमा बुढाथोकी, सल्यानको सिमखर्क गाउँपालिका ७ निवासी ३५ वर्षीय लोकबहादुर बस्नेत, रुकुमको मुसिकोट गाउँपालिका १ निवासी ३० वर्षीय रमेश खड्का र बाफिकोट गाउँपालिका ४ बस्ने २७ वर्षीया शिवा पुन गम्भीर घाइते भएकाे प्रहरीकाे भनाइ छ ।  उनीहरुको टाउको, ढाड, छातीमा चोट लागेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • बुवाको स्मृतिमा शक्ति गौचनले तेस्रोपटक क्रिकेट प्रतियोगिता गराउँदै
  • कोरोना विरुद्धको खोप ‘कोभिसिल्ड’ बुधबार बिहान १० बजेदेखी लुम्बिनी प्रदेशका…
  • विघटन भएको प्रतिनिधिसभा पुनस्र्थापनाको कुनै संभावना छैन : अर्थमन्त्रि पौडेल
  • अदालतको काम संविधानको रक्षा गर्ने तथा व्यवस्थापिकालाई ठिक स्थानमा राख्ने…
  • पुर्वाग्रहबीना सदस्यता सिफारिस गर्न प्रेस युनियन रुपन्देहीद्धारा महासंघको ध्यानाकर्षण
  • रुपन्देहीको सियारी गाउँपालिकामा खरका छाना विस्थापित गरिने
  • धुर्कोट प्रमानन्द भण्डारी बहुमुखी क्याम्पसको १२ औँ बार्षिकोत्सव सम्पन्न
  • महिला स्वास्थ्य स्वयंसेविकाहरु लाई साईकल प्रदान
  • बैमानी छौकी छैनौ बाइ” लामो समयपछि सार्वजनिक
  • शितगंगामा बाबू द्धारा छोरी हत्या