१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

प्रकाशित मिति:

काठमाडौं -बझाङमा एक बालिकाको बलात्कारपछि हत्या भएको छ ।त्यहाँस्थित मष्टा गाउँपालिका २ की १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या भएको गाउँपालिकाकी उपाध्यक्ष भगवती बोहराले जानकारी दिइन् ।

“गत ७ गतेको घटना हो । १२ वर्षीया कामीको बलात्कारपछि हत्या भएको कुरा आइरहेको छ । पोष्टमार्टम पनि भइसकेको छ ।” उपाध्यक्ष बोहराले मकालु खबरले राखेको जिज्ञासामा भनिन्, ‘अहिले अनुसन्धान जारी छ ।’

यस्तै उनले बताएअनुसार घटनामा संलग्न भएको आरोपमा सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।गत ७ गते बेलुका साढे ४ बजे खिकालाबाट गाइवस्तु बाँध्न सिमछानामा गएकी बालिकाको बलात्कारपछि हत्या भएको थियो ।

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले पनि आरोपित बोहरालाई नियन्त्रणमा लिएको पुष्टि गरे ।सिंहका अनुसार घटनाको सम्बन्धमा बृहत् अनुसन्धान शुरु गरिएको छ ।