बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला

प्रकाशित मिति:

९ असोज, बुटवल । कपिलवस्तुको कोइली नदीमा तीन दिनअघि बाढीले जिप बगाउँदा बेपत्ता भएका विद्युत प्राधिकरणका कर्मचारीको शव फेला परेको छ । विद्युत प्राधिकरणको बाणगंगा जितपुर शाखाका इन्चार्ज कृष्णप्रसाद पौडेलको शव शुक्रबार कपिलवस्तु नगरपालिका-६ सक्रहवामा फेला परेको हो ।

पौडेल विद्युत कार्यालय बाणगंगा–जितपुर फिडर शाखाका प्रमुख थिए ।विद्युत प्राधिकरणकै कर्मचारीले उनको शव फेला पारेर प्रहरीलाई जानकारी दिएका थिए । मृत भेटिएका पौडेलको शवलाई परिवारको जिम्मा लगाइको कपिलवस्तुका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले जानकारी दिए ।