वामी नमूना समाजको तेश्रो अधिवेशन जापानमा सम्पन्न

९ आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


कौरव खत्री,गुल्मी- वामी नमूना समाज जापानको तेश्रो अधिवेशन जापानको टोकियोमा सम्पन्न भएको छ ।बुधवार जापानको कोईन्जिको सत्कार होटलमा सम्पन्न भएको अधिवेशले बावुराम खरेलको अध्यक्षतामा २१ सदस्यीय वामी नमूना समाजको पुर्न गठन गरेको छ ।समितिको वरिष्ठ उपाध्यक्षमा पदम रायमाझी,उपाध्यक्ष लिलाराम खरेल,अम्मर बुढाथोकी,कृष्ण प्रसाद खरेल(न्यूजिल्याण्ड), खरेल महासचिव पुष्कर खरेल,उप महासचिव सालिकराम भट्टराई,सचिव विश्व राना,सहसचिव राजन थापा,कोषाध्यक्षमा राजु खरेल,सह कोषाध्यक्ष किसान खरेल रहेका छन् ।

 

त्यस्तै कार्य समितिको अन्य सदस्यहरुमा कर्ण रायमाझी (भारत),टेक बहादुर बुढाथोकी (न्यूजिल्याण्ड),गंगाराम घिमिरे (लण्डन),दिपक खरेल (जापान),शिव खराल (जापान),गोपाल काफ्ले (जापान),टिकाराम खराल (जापान),कृष्ण खराल बावु (जापान),राजु थापा (जापान),दुर्गा सापकोटा (जापान),भुवन खराल (जापान),चेतन खराल (जापान),नरहरि खराल (कतार),टुङ्ग रायमाझी (दुवई) रहेका छन् । त्यस्तै अधिवेशनले विभिन्न समितिको समेत गठन गरेको छ । युवा खेलकुद तथा साँस्कृतिक संयोजक अर्जुन घर्ति मगर,उप संयोजक गोपाल काफ्ले,सदस्य भोपाल रायमाझी, महिला संयोजक श्रीमती उषा रायमाझी महिला संयोजक देवी खरेल रहेको वामी नमूना समाजका संस्थापक अध्यक्ष दिलिप थापाले जानकारी दिए ।

 

त्यस्तै समाजको आर्थिक संयोजक तथा सल्लाहकारमा डिलाराम खराल, समाजको संरक्षकमा दिलिप थापा,अन्तराष्ट्रिय संयोजक ईन्द्र बहादुर थापा रहेका छन् ।साथै अधिवेशनले समाजको बरिष्ठ सल्लाहकार खिम रायमाझी,कृष्ण प्रसाद खराल(लन्डन),प्रेम घर्तिमगर(कतार),सल्लाहकारहरु रेसम रायमाझी,रामु काफ्ले,प्रेम खराल,भुवन सापकोटा,बिष्णु प्रसाद खराल,होम प्रकाश आचार्य, धुर्ब खराल (लन्डन),ईन्द्र बहादुर घर्ति(अमेरिका),यज्ञ प्रसाद घिमिरे रहेको छन् ।

२०७२ सालमा स्थापना भइआएको वामी नमूना समाज जापानले गुल्मी जिल्लाको मुसिकोट,वामी,बडागाँउ,लगायतका विभिन्न स्थानमा शिक्षा,खेलकुद, आगलागी,बाढी पहिरो, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा आर्थिक सहयोग गदै आइरहेको वामी नमूना समाजका संस्थापक अध्यक्ष दिलिप थापाले बताए ।

गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ७ भित्र अर्थात साविकको वामी गाविस वडा नं. ९ बाट विभिन्न देशहरुमा रोजगारीको शिलशिलामा पुगेका वामीवासीहरुले समाज सेवाको भावना राखेर सबैलाई एकताबद्ध बनाएर संस्था अगाडी बढिरहेको छ । हाल संस्थामा करिव ५ सय सदस्यहरु आवद्ध रहेका छन् ।

कार्यक्रम समाजका वरिष्ठ सल्लाहकार अर्जुन रायमाझीको प्रमुख आतिथ्यतामा रहेको कार्यक्रममा समाजका अन्तराष्ट्रिय संयोजक ईन्द्र थापाको बिशेष आतिथ्यता रहेको अधिवेशन वामी नमूना समाजका अध्यक्ष रेशम रायमाझीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन भने वामी नमूना समाजका संस्थापक अध्यक्ष दिलिप थापा र पुस्कर खरालले गरेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत
  • स्याङ्जाका पहिरो पीडितलाई युरोपका नेपालीले गरे साढे ५ लाख आर्थिक…
  • जि पि कोइराला फाउण्डेशन अमेरिकाले २९ औं पटक निशुल्क दुग्धजन्य…
  • कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या आठ सय नाघ्यो
  • गायिका निरुशा भट्टराईको गीत सार्वजनिक
  • रअ प्रमुखसँग भेट नभएको देउवा द्धारा स्पष्ट
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारलाई सहयोग