डा. केसीका मागप्रति नेविसंघको ऐक्यवद्धता, जीवन रक्षाको माग

९ आश्विन २०७७, शुक्रबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले अनसनरत डाक्टर गोविन्द केसीका मागप्रति ऐक्यवद्धता जनाएको छ। शुक्रबार नेविसंघ अध्यक्ष राजिव ढुंगाना नेतृत्वको पदाधिकारीले अनसनरत डा.  केसीलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भेटेर केसीका मागमा ऐक्यवद्धता जनाएको हो ।

डा. केसीले उठाएका चिकित्सा शिक्षा सुधारका सबै मागमा नेविसंघले ऐक्यवद्धता जनाएको नेविसंघ अध्यक्ष राजिव ढुङ्गानाले जानकारी दिए । उनले सरकारले डाकेसीसँग तुरून्त वार्ता गरी मागहरू सम्बोधन गर्नुपर्ने बताए ।

नेविसंघ महामन्त्री दीपक भट्टराईले भने,’ चिकित्सा शास्त्र शिक्षा सुधार संगै यो मुलुकको सुधारका निम्ति आमरण अनसनरत डा. केसी को सत्याग्रह प्रति हाम्रो एकेवादद्ता छ , उहाका सम्पूर्ण माग पुरा गर्दै डा. केसीको जीवन रक्षाका लागि यो सरकार संवेदनशील बनोस् ।’

डा केसी  १२ दिनदखि अनसनमा रहेका छन् । १९ औं पटक अनसन बसेका डा केसी कमजोर गएको छ । नेविसंघले डा. केसीको जीवन रक्षाका सरकारसँग माग गरेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेश २ मा कोरोनाको उपचार निःशुल्क
  • कैलालीमा तस्करको समूहद्वारा हत्या गरिएका प्रहरी जवानको सम्मानसहित अछाममा अन्त्येष्टि
  • एक दिने गहन अभिमुखीकरण कार्यक्रम बुद्धबार बर्दघाट १२ चौपत्तामा सम्पन्न,
  • तिलोत्तमा सहकारीको साधारण सभा सम्पन्न
  • पहिरोमा परेर ज्यान गुमाएकाको परिवारहरुलाई आठ लाख बढी सहयोग
  • कोरोनाको कहरमा पनि कञ्चन जेसिज सामाजिक सेवा र सम्मानमा निरन्तर
  • पहिलो चरणको मदाने सरसफाइ अभियान सकियो, ७ वटै वडामा गरियो…
  • बाल कलाकार जिया भुषाल अभिनित गायक गोपाल खनालको ‘चित्रेदाई’ सार्वजनिक
  • जन्मदिनको खर्च कटाएर बाबा गुमाएका बच्चाहरूलाई युवा नेता भण्डारीले प्रदान…
  • बलात्कारीलाई फासीको सजाय माग गर्दै सडकमा उत्रिए धुर्कोटका युवा