विद्यार्थी नेता पाण्डेले गरे सुकुम्बासी बस्तीमा ४० घर परिवारलाई खाद्यन्न सहयोग

१० आश्विन २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


कपिलबस्तु, १० असोज । लकडाउनका कारण सकसपूर्ण अबस्थामा रहेको सुकुम्बासी बस्तीमा युवा व्यवासयी तथा विद्यार्थी नेता तिलक पाण्डेले शुक्रबार एक कार्यक्रमका बीच राहत वितरण गरेका छन् ।  स्थानिय युवाहरुको सहकार्यमा उनले बाणगंगा नगरपालिका ८ मधुवन स्थित सुकुम्बासी बस्तीमा राहत स्वरुप खाद्यन्य समाग्री बितरण गरेका हुन् । पाण्डेले खानाको जोहो गर्न समस्या भएको अति विपन्न ४० घरपरिवारलाई खद्यान्न समाग्री वितरण गरेको खाद्यन्न वितरण कार्यक्रमका संयोजक विशाल अधिकारीले  बताए ।  सुकुम्बासी बस्तीमा दैनिक ज्यालादारी गर्न नपाएका र खानाको जोहो गर्न समस्या भएका अति विपन्न परिवारलाई सुरुमा ४० घर परिवारलाई खाद्यन्न सहयोग गरेको पाण्डेको भनाई रहेको छ ।

पाण्डेले सुकुम्बासी बस्तीमै गएर प्रत्येक घरपरिवार लाई १५ केजी चामल, ४ केजी दाल, एक प्याकेट नून र १ पोका बेसार सहितको राहत वितरण गरेका हुन् ।  कोरोना भाइरस (कोभिड(१९) ले विश्वनै त्रसित बनेको अबस्थामा दैनिक मजदुरी गरेर खाने सुकुम्बासी बस्तीका श्रमजिवी वर्गलाई समस्या भएको बेला पाण्डेले आफुले सक्दो सहयोग गरेको प्रतिक्रिया दिए । उनले दैनिक ज्याला मजदुरी गरेर खाने सुकुम्बासी बस्तीका मनिसहरु भोकै बस्नु पर्ने अबस्था नआओस् भनेर आफूहरुले बस्तीमै गएर खाद्यन्य वितरण गरेको जानकारी दिए ।

उक्त खाद्यन्न वितरण कार्यक्रममाका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति राजेश आचार्यले युवाहरुको जोश र समाजमा पछिल्लो समय तरुण दल र नेविसंघले गरेको उदाहणिय कामको प्रशंस गरे । उनले युवा व्यवसायी तथा विद्यार्थी नेता पाण्डेलाई अझ थप समाजिक कार्यमा लाग्न आग्रह समेत गरे । उनले भने–“जसले खाना पाएको छैन, जो दुःखमा छ । त्यसलाई हामी सवैले मिलेर सहयोग गर्नुपर्छ ।” त्यसको लागि आफुहरुको सधै युवाहरुलाई साथ र सहयोग रहिरहने बताए  ।


त्यस्तै बाणगंगा नगरपालिका नगर प्रमुख मंगल प्रसाद थारुले रोगले होईन भोकले मनिसहरु मर्न नपरोस् भनेर आफुहरुले धेरै गाउँ गाउँमा पुगेर विपन्न परिवारलाई खाद्यन्न वितरण गरेको बताए । उनले कोरोना रोग र यस किसिमको विषम परिस्थितिमा उत्पीडित, विपन्न र सुकुमबासी बस्तीका अति विपन्न परिवारलाई सवै नगरिकहरु मिलेर सहयोग गर्दै अगाडी वढ्नुपर्ने  बताए । कार्यक्रम कार्यक्रममा नेपाली कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधी डोलकराम घिमिरे, नेपाली काग्रेस क्षेत्रीय सचिव प्रेम नारायण पौडेल, पूर्व गविस अध्यक्ष दुर्गा के.सी, समाजिक अभियन्त दुर्गा अर्याल, नेपाली कांग्रेस मधुवन टोल सभापती शलिकराम भुसाल, बाणगंगा बहुमखी स्वयु सभापती माधव पौडेल, तरुणदल नगर कोषध्यक्ष बेचुराम पौडेल लगायतको उपस्थिति रहेको थियो । सह–सभापति गिरिराज पौडेलको अध्यक्षता तथा  विशाल अधिकारीको सञ्चालन मा सम्पन्न भएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग