केयर नेपाल र दियालोद्वारा आपतकालीन सामग्री प्रदान

प्रकाशित मिति:

तोलाकान्त बगाले,वालिङ- केयर नेपाल र दियालो गैरसरकारी संस्थाले वालिङ नगरपालिकालाई आपतकालीन सामग्री हस्तान्तरण गरेको छ । वालिङ नगरपालिका कार्यालयमा दियालो गैरसरकारी संस्थाका अध्यक्ष कविता गैह्रेले नगर प्रमुख दिलीपप्रताप खाँणलाई आपतकालीन सामग्री प्रदान गर्नुभएको हो ।

अविरल वर्षासँगै आएको पहिरोले ज्यान गुमाएका परिवार, विस्थापित परिवार तथा नगरका विभिन्न वडामा प्राकृतिक विपत्तिमा परेकाहरुलाई नगरपालिकामार्फत उपलब्ध गराउने उद्देश्यले आपतकालीन सामग्री प्रदान गरिएको संस्थाका अध्यक्ष गैह्रेले बताउनुभयो ।

केयर नेपालद्वारा बेसिक सेल्टर किटस् ५० थान, ब्ल्याङ्केट १०० थान, डिग्निटी किटस् ५० थान र हाईजिन किटस् ५० थान उपलब्ध गराएको छ ।आपतकालीन सामग्री ग्रहण गर्नुहुँदै नगर प्रमुख दिलीपप्रताप खाँणले आपतकालीन सामग्री उपलब्ध गराएकोमा सहयोगदाताहरुप्रति धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले प्राप्त सामग्री वास्तविक प्रभावितहरुमाझ पु¥याउने प्रतिवद्धता ब्यक्त गर्नुभयो ।