पाल्पा-बुटवल सडक अवरुद्ध भएको छ

प्रकाशित मिति:

मधुसूदन नेपाल-पाल्पा–बुटवल सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकको सिद्धबाबा, हेडबक्स, पैठेडाडा, भूतखोला, सिसुवा, झुम्सा, पानीमिल लगायतका ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको दोभान प्रहरी चौकीले जनाएको छ ।

पहिरो हटाउन शुरु गरे पनि धेरै ठाउँमा पहिरो खसेकाले समय लाग्ने प्रहरीको अनुमान छ । बाटो बन्द भएपछि पालबाट बुटवलका लागि छुटेका गाडीहरु केराबारी, चर्चरे, जोरधारामा रोकिएका छन् भने बुटवलबाट पाल्पाका लागि छुटेका गाडी सिद्धबाबा मन्दिर क्षेत्रमै रोकिएका छन् ।

बिहिबार रातिदेखि परेको पानीले तिनाउँ २ मा रहेको भुजेल बस्तीका २ घरमा समेत पहिरोले पुरिएको प्रहरीले जनाएको छ ।