मेरो शेयरको एपबाट जनरल इन्स्योरेन्सको आइपिओ भर्न नमिल्ने

प्रकाशित मिति:

काठमाडौं । मेरो शेयर एपबाट जनरल इन्स्योरेन्सले असोज ११ गतेबाट निष्काशन गर्ने सर्वसाधारण शेयर आइपिओ भर्न नमिल्ने भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड  सिडिएससीले शेयर कारोबारहरू गर्नका लागि थप सहज बनाउने उद्देश्यले भाद्र ३१ गते बुधबारबाट मेरो शेयरु एप सञ्चालनमा ल्याएको छ ।

मेरो शेयर एप सञ्चालनमा आइसकेको भएतापनि आइतबारबाट निष्कासन हुन लागेको जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण शेयर आइपिओ भने मेरो शेयर एपबाट भर्न नमिल्ने भएको छ । सिडिएससीले मेरो शेयर एप गत साता नै सार्वजनिक गरेको भएपनि उक्त एप पूर्ण रूपमा भने सञ्चालन भइसकेको छैन । सिडिएससीले दिएको जानकारी अनुसार हाल मेरो शेयर एप बेटा भर्जन मै छ । यो एपको फुल भर्जन आएपछि मात्र यस एपबाट साधारण शेयर आइपिओ भर्न मिल्दछ । यसका साथसाथै हाल मेरो शेयर एपमा आस्वा सुविधा पनि छैन । हाल लगानीकर्ताहरूले वेभसाइटबाटै साधारण शेयर आइपिओ भर्नुपर्ने छ ।