घरेलु तथा साना उद्योग कार्यालयकोे टोलीद्वारा उद्योग संघमा आव उद्योगहरु नविकरण

प्रकाशित मिति:

बुटवल – रुपन्देही उद्योग संघको संयोजनमा घरेलु तथा साना उद्योग कार्यालयको टोलीले संघका सदस्यहरुको उद्योग नविकरण सम्पन्न गरेको छ । घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई संचालन भईरहेका लघु, घरेलु तथा साना उद्योगहरुको नविकरण अवधि पुगेका उद्योगहरुको नविकरण का लागी भैरहवा धाईरहनु पर्नै वाध्यता कम गर्ने र उद्योगीहरुलाई सुविधा प्रदान गर्ने उद्येश्यले नविकरण टोली लाई संघमा आउन आग्रह गरे बमोजीम यस कार्यक्रम सम्पन्न गरिएको संघका कार्य वहाक अध्यक्ष माधव प्रसाद पौडेलले वताउनु भएको छ।

वहाले घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लक्ष्मण लम्साल सहितको नविकरण टोलीलाई स्वागत गर्नुहुदै यस्तो कामको प्रशंसा समेत गर्नुभएको
थियो । सोही अवसरमा वोल्नुहुदै घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लक्ष्मण लम्सालले उद्योगीहरुको सुविधालाई मध्यनजर गर्दै विदाको दिनमा समेत उद्योग नविकरणको कामलाई निरन्तरता दिएको वताउनु भएको थियो । वहाले रुपन्देही उद्योग संघले उद्योगिहरुको सुविधाका लागि यस्ता खालका कार्यकम्रहरुलाई विगतका वर्षहरु देखि निरन्तर संचालन गर्दै आएकाले अहिलेको विषम परिस्थितीमा समेत यस कार्यक्रमलाई निरन्तरता दिएको वताउनु भएको थियो । टोलिमा लेखापाल महेन्द्र भुसाल, सुचना अधिकारी डोलराज बोहोरा र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

संघका महासचिव जिवकान्त काफ्लेले उद्योग नविकरणको अभियानलाई आगामि वर्षहरुमा समेत निरन्तर संचालन गरिने जानकारी गराउनु भएको छ। शनिवार घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई संचालन भईरहेका ४४ वटा उद्योगहरुको नविकरण सम्पन्न गरिएको प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताउनु भयो ।