बिपत ब्यवस्थापन समितिको समुहले पहिरो क्षेत्रको स्थलगत अनुगमन तत्काल उद्धारमा लाग्ने प्रतिवद्धता

१० आश्विन २०७७, शनिबार ०   बिचार / प्रतिक्रिया


रुपन्देही- जिल्ला विपत ब्यवस्थापन समितिले आज शितगंगा नगरपालिका १२ को पहिरो तथा भासिएको गाउँ क्षेत्रको स्थलगत अनुगमन गरेको छ । करिव २६ घर पुर्ण रुपमा क्षति तथा अन्य ४० घर परिवार विस्तापित हुने गरि भएका प्राकृतिक प्रकोपको राष्टिय सभा सदस्य चन्द्र खड्का उज्वल , प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरे, शितगंगा नगरपालिकाका मेयर सुर्य प्रसाद अधिकारी , जिल्ला समन्वय समितिका उपप्रमुख ऋषि पुलामी प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल लगायतको समुहले प्रकोप भएको स्थलको अनुगमन गर्दै तत्काल उनिहरुको बासको ब्यवस्थापनमा खट्ने निणय गरेको छ ।उत्त गाउँको कुनै पनि घर बस्न लाएक नभएकोले करिव ४० घर परिवार पुर्ण रुपमै विस्तापित हुने भएकोले उनिहरुको बाँसको लागि तत्काल ब्यवस्थापनमा लाग्न सबैले सहयोग गर्नु पर्ने शितगंगा नगरपालिका प्रमुख सुर्य प्रसाद अधिकारीले अनुरोध गर्नु भयो ।

साथै तत्कालको लागि नगरपालिकाले खानाको ब्यवस्थापनमा लाग्ने भए पनि स्थाइ बसोवासको लागि बस्ति स्तान्त्रणको बिकल्प नभएकोले केन्द्र देखि प्रदेशले यस तर्फ तत्काल चासो दिनु पर्ने अधिकारीले बताउनु भयो । यस्तै प्रदेश सभा सदस्य रामजी प्रसाद घिमिरेले तत्कालको प्राथमिकता उदारमा हुनु पर्नेमा जोड दिनु भयो । प्रदेश सरकार बाट तत्काल प्रत्येक घर परिवारलाई घर छाउने टिनको ब्यवस्थापन गर्ने प्रतिवद्धता ब्यत्त गर्नु भयो । शितगंगामा पहिरोले बिस्थापित भएकाहरुलाई १० दिन भित्र अस्थाई बसोबासको ब्यवस्था मिलाउने र ५ महिनामा स्थाई बसोबासको ब्यवस्था गर्ने गरि सबै जना लाग्नु पर्नेमा घिमिरेले जोड दिनु भयो । यस्तै राष्टिय सभा सदस्य चन्द्र खड्का उज्वलले तत्काल जग्गाको लागि ब्यवस्थापन गनुपर्नेमा जोड दिनुभयो केन्द्र सरकार र प्रदेश सँगको समन्वयमा तत्काल स्थाइ बसोबासको ब्यवस्थापनमा जोड दिनु पर्नेमा जोड दिनु भयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेलले बिभिन्न ब्यतिले जग्गा उपलब्ध गराएका ५ दिनमै सम्पुर्ण घरको जग बसाल्ने बताउदै ब्यतिहरुले उपलब्ध गराउन चाहेका तत्काल सम्पर्क गर्न अनुरोध गर्नु भयो । आज नेकपा शितगंगा अध्यक्ष बशन्त श्रेष्ठ, नेपाली काग्रेश नगर सभापति मोती बेल्बासे , कल्याणि सेवा नेपालका उपाध्यक्ष अम्बिका बेल्बासे श्रेष्ठ ,रेडक्रस अर्घाखाँची लगायत बिभिन्न संघ सस्था तथा स्थानियहरुको उपस्थितमा उद्धार तथा बिभिन्न राहत बितरण भएको थियो ।आज प्रत्येक घरमा रहेका अन्नपातलाई प्राथमिकता दिँदै सबैको सहयोगमा सामाग्री सुरक्षित स्थान सम्म पुराइएको छ । पहिरोले २६ घरमा पुर्ण क्षति गरेको छ भने अधिकांस घरहरु चर्किएका छन अब उत्त गाँउमा बस्ति बस्ने सम्भावनानै हराएको छ जमिन भासिदै गएको छ । जमिन बिभिन्न ठाँउमा चिरा परेको छ पानी परेमा पुन बिभिन्न स्थान बाट पहिरो जाने सम्भावना रहेको देखिन्छ ।

स्थानिय तहले तत्कालको लागी उनिहरुलाइ खानाको ब्यवस्था गर्ने भएको छ । अहिले आफ्न्तकोमा आश्रय लिएर बसेका उनिहरुलार्य तत्काल अस्थाई बसोबासको तयारी गरिएको छ भने ५/१० दिनमै कुनै निष्चित स्थानमा बसोबासको ब्यवस्था मिलाउने तयारी छ ५ महिना भित्र पुर्ण रुूपमा स्थाइ रुपमै बशोबास गर्ने गरि ब्यवस्थापन मिलाउन बिभिन्न राजनितिक दल जनप्रतिनिधी, सांसदहरु तत्पर देखिएका छन । स्थानिय क्षेत्रमै रहेको खाली जग्गाहरुको प्रमुख जिल्ला अधिकारी, प्रदेश सांसद , लगायतको टोलीले अनुगमन समेत गरेको छ उपयुक्त स्थान भेटिएमा उनिहरुलाई उक्त्त स्थानमा सारिनेछ अहिले बिभिन्न स्थान तथा संघ सस्थाहरु बाट राहत सामाग्रीहरु समेत आउन थालेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया