सरकारले बलत्कारी बचाएको ने.वि.संघको दाबी

प्रकाशित मिति:

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघं (नेविसंघ) ले केपी ओली नेतृत्वको सरकारले बलत्कारीहरुको बचाउ गरेको आरोप लगाएको छ। बझाङको मष्टा गाउँपालिका १२ वर्षीय वालिका सम्झना विकको बलत्कार पछि हत्या भएको घटनाप्रति दुखित तुल्याएको भन्दै नेविसंघले यस्तो बताएको हो। नेविसंघका अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ती जारी गरी अपराध गर्ने व्यक्तिलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारबाहीको माग गरेका हुन्।

‘लोकतान्त्रिक शासन व्यवस्था अँगालेको देशको सरकारको पहिलो कर्तव्य आम नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्नु हो । तर निर्मला पन्तदेखि सम्झना वि।क। सम्मका घटनाहरु हेर्दा केपी ओली नेतृत्वको वर्तमान सरकारले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउनभन्दा सरकार आफैँ बलात्कारीहरुको संरक्षण गर्न लागेको देखिन्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘शान्ति सुरक्षा लगायतका जनताको आधारभूत आवश्यकताको वेवास्ता गर्दै ओली सरकार आफ्नो सत्ताको आयू लम्ब्याउन मात्र लागि परेको नेपाल विद्याँर्थी संघको ठहर छ।’

नेविसंघले केही पहिले जाजरकोटका नवराज विक, लगायतका यूवाहरुको रुकुममा भएको नरसंहरा र हाल सम्झना विकको बलत्कार गरी हत्या गरिएको घटनाले नेपाली समाजमा दलित समुदायमाथि पाशविक आक्रमणका घटना बढ्न थालेको प्रष्ट भएको बताएको छ।

यस्ता घटना घट्न नदिन र दलित समुलाउमाथि हु्ने गरेका विभिन्न प्रकारका प्राताडना रोक्न कडा कानुन बनाउन पनि नेविसंघको माग छ। अ‍ोली सरकार अपराधी बचाउन लागिपरेको नेविसंघले भनेको छ। ‘विगत मा जस्तै ओली सरकार यस्ता जघन्य किसिमका अपराधिक घटनामा पीडित पक्षलाई न्याय दिनुको सट्टा उल्टै अपराधीलाई बचाउन लागिरहन्छ भने अब सम्पूर्ण नेपाली यूवा हरु आन्दोलको आधिबेहेरी ल्याई भ्रष्ट र नालायक सरकारलाई सिंहदरबारबाट बहिर्गमन गर्न तयारी अवस्थामा रहेको चेतावनी दिन चाहन्छु’ ढुंगानाले विज्ञप्तीमा भनेका छन्।

नेविसंघका महामन्त्री दीपक भट्टराईले ओली नेतृत्वको सरकार श्रखंलाबद्ध बलत्कारका अपराधीलाई कारबाही गर्न छोडेर भ्रष्टाचारमा  भने, ‘यो सरकार जनताको पीडाप्रति कत्ति पनि चिन्तित देखिएन। भ्रष्टाचारमा लिप्त छ। यहाँ नेपाली चेलीहरु बलत्कृत भएर अकालमा ज्यान गुमाइरहेका छन्।’

भट्टराइले यो श्रृखंलावद्ध हत्या र बलात्कारको घटना दोहोरिनु यो भष्ट सरकारले अपराधीलाई संरक्षण गर्नुको परिणाम भएकाे बताएका छन्।