थाकस र थापस द्वारा श्रद्धान्जली कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

कपिलबस्तु १० असोज । थारु पत्रकार संघ नेपाल कपिलबस्तु जिल्ला शाखाका संस्थापक अध्यक्ष सिताराम चौधरीको ममतामय आमा स्व. राम जानकी चौधरीको पुन्यतिथीको अवसरमा आज शनिबार एक कार्यक्रमका बीच श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ । शिवराज न.पा १ उमरी निवासी कपिलबस्तु जिल्लाका बरिष्ठ पत्रकार एंव थारु पत्रकार संघका जिल्ला संस्थापक अध्यक्ष चौधरीको ममतायमयी आमा स्व. राम जानकी चौधरीको असोज ५ गतेको दिन ७१ बर्षको उमेरमा उहाँको आफ्नै निवासमा निधन भएको थियो । उहाँ लामो समयदेखि विरामी हुनुहुन्थ्यों । यस दुःखद् घडिमा थारु पत्रकार संघ नेपाल जिल्ला कार्य समिति कपिलबस्तु, जिल्ला कार्यसमिति रुपन्देही, थारु पत्रकार संघ नेपाल केन्द्रिय कार्यसमिति र थारु कल्यणकारिणी जिल्ला कार्यसमिति कपिलबस्तुको संयुक्त आयोजनमा श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न गरिएको छ ।

श्रद्धान्जली सभा थारु पत्रकार संघका कपिलबस्तु जिल्ला शाखाका अध्यक्ष श्याम सि.टिको अध्यक्षता एंवम् थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य जन्जीर प्रसाद थारु, थारु पत्रकार संघ नेपालका केन्द्रीय सचिव कमल चौधरी, थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य सुमित्रा थारु, थारु महिला सभाका केन्द्रिय सदस्य कमला थारु, थारु पत्रकार संघ नेपालका केन्द्रीय सदस्य राम अवतार थारु, थारु कल्याणकारिणी सभाका जिल्ला अध्यक्ष उमा शंकर थारु, थारु महिला संघका जिल्ला उपाध्यक्ष मञ्जु थारु, थारु कल्याणकारिणी सभाका पूर्व केन्द्रीय सदस्य भोजराज थारु, थारु कल्याणकारिणी सभाका जिल्ला उपसभापति छेदी थारु, थारु कल्याणकारिणी सभाका जिल्ला सचिव जगदेव थारु, थारु कल्याणकारिणी सभाका जिल्ला सह–सचिव राजेश चौधरी, थारु पत्रकार संघ रुपन्देही जिल्ला शाखा उपाध्यक्ष अनिता थारु, थारु पत्रकार संघ रुपन्देही शाखाका सह–सचिव यमुना थारु, थाकसका शिवाली थारु, थारु पत्रकार संघका सिर्जना थारु, जितेन्द्र चौधरी लगायतको श्रद्धाञ्जली कार्यक्रममा उपस्थिति रहेको थियो । श्रद्धान्जली कार्यक्रममा बोल्ने वक्ताहरुले थापसका संस्थापक जिल्ला अध्यक्ष एंव श्री सरस्वती आधारभूत विद्यालयका प्रध्यानध्यपक सिताराम चौधरीको ममतामयी आमा स्व. राम जानकी चौधरी प्रति दुःख प्रकट गर्दै परिवार प्रति धैर्य धारण गर्ने शक्ति प्रदान होस् भनि हार्दिक समवेदना व्यक्त गर्नुभएको थियो । भने श्रद्धाञ्जली सभा कार्यक्रम रुपन्देही जिल्ला अध्यक्ष राज चौधरीको संचालनमा सम्पन्न भएको थियो ।