विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिने कानून ल्याउँदै अमेरिका

११ आश्विन २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


काठमाडौँ – अमेरिकाले नेपाललगायत ५९ राष्ट्रका विद्यार्थीलाई दुई वर्षभन्दा बढी भिसा नदिनेगरि कानुन ल्याउने प्रस्ताव तयार पारेको छ । अमेरिकास्थित होमल्यान्ड सेक्युरिटी विभागले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको भर्ना अवधिको संरचनालाई परिवर्तन गरेर भिसा अवधी घटाउन प्रस्ताव तयार पारेको हो । विभागले एफ, जे र आइ प्रकारको गैरआवासीय भिसा भएका विद्यार्थीलाई यस्तो कानुन ल्याउने प्रस्ताव अघि सारेको छ । अहिले विदेशी विद्यार्थीलाई अमेरिकामा पढाइ नसकेसम्म भिसा दिने गरिन्छ । तर विभागले तयार पारेको नयाँ कानुनी व्यवस्थाले ठगी कम गर्ने र राष्ट्रिय सुरक्षा मजबुद बनाउने दाबी गरिएको छ ।

विशेष गरी नयाँ कानुनमा आतंकवादीहरुको बर्चश्व रहेका राष्ट्रहरु इरान, सिरिया, सुडान, उत्तर कोरिया र भिसा अवधि सकिएपछि पनि १० प्रतिशत बढी विद्यार्थी अमेरिकामै बस्ने मुलुक, अप्रमाणित विद्यालय र इलेक्ट्रोनिक भेरिफिकेसन नभएका विद्यालयका विद्यार्थीलाई दुई वर्षभन्दा बढी वर्ष भिसा नदिन प्रस्ताव गरिएको छ । नेपालबाट अमेरिका पुगेका विद्यार्थीमध्ये १० प्रतिशत बढी भिसा सकिएर पनि अमेरिकामै बसेकाले यो नियम लागू भएमा नेपाल पनि दुई वर्षे भिसा पाउने सूचीमा पर्नेछ ।

इन्स्चिट्युड अफ इन्टरनेशनल एडुकेसनको ओपन डोर्सको रिपोर्टअनुसार सन् २०१८र२०१९ मा २४ हजार भियतनामी, १३ हजार नाइजेरियन, १३ हजार नेपाली र १२ हजार इरानी विद्यार्थी अमेरिकी विश्वविद्यालयमा भर्ना भएका छन् । पाठ्यक्रमअनुसार अवधि थप्न सकिने भएपनि चित्तबुझ्दो कारण प्रस्तुत गनुपर्ने हुन्छ ।@khabarhub

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • एभरेस्ट आयल सप्लायरमा आगलागी
  • बैदेशिक रोजगारबाट फर्किएकाहरुका लागी एक दिने गहन अभिमुखी करण कार्यक्रम…
  • कांग्रेसका सांसदहरूले फिर्ता गरे दशैं भत्तावापतको रकम
  • कोरोनाको परीक्षण र उपचार जनताले नै गर्नुपर्ने निर्णय फिर्ता लिन…
  • बुटवलको सिंह कम्प्लेक्समा सञ्चालनमा आयो खस्यौली स्नोकर क्लब
  • २४ घण्टामा ३७९० संक्रमित थपिए, उपत्यकामा २३८८, मृत्यु हुने १८…
  • प्रजातान्त्रिक महासंघको सुचना प्रविधि तथा प्रचार बिभागको सचिबमा निरज
  • भैरहवा क्षेत्रमा हुने ओभरलोड तथा ट्राफिक नियम विपरित हुने कार्य…
  • नागरिकलाई सुरक्षित रहदै चाडपर्व मनाउन अनुरोध
  • जिपि कोइराला फाउण्डेसन साइप्रसकीसंयोजक दुलाल द्धारा विद्यार्थीलाई सहयोग