“WIFI” को सम्बन्धमा प्रेमको नसा

११ आश्विन २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


लेखक:- मधुसूदन नेपाल ( बिपिन कान्छो)

नमस्कार म बिपिन,घर बस्दा बस्दै थाकिसकेको थिए। एक दिन मेरो दिमागमा एउटा सुन्दर रमाइलो अनि हास्यास्पद प्रेम कथा कल्पना गरेको थिए जुन शब्द मार्फत लेख्न मन लाग्यो त्यसपछि चलाए महिले ” WIFI को सम्बन्ध प्रेमको नसा ”

कुरा थियो आज भन्दा एक बर्ष अगाडिको जहाँ एक सुन्दर कन्या थिइन, जो भर्खरै स्कुल सकेर कलेज जान थालेकी थिइन । आज भोलि उनको घरको गेट नजिक एउटा ‘ह्यान्डसम’ युवक देखिन थालेको छ जुन युवकलाई काल्पनिक रुपमा मलाई लिएनी हुन्छ, (त्यस्तो ह्यान्डसम त छैन त्यही भएरै काल्पनिक रुपमा सोची दिनु) । जो दिनहु त्यहाँ देखिन्छ, त्यि सुन्दर कन्या जहिले कलेज जाँदा,आउँदा युवक संधै त्यहि हुन्छ। कहिले हेर्छ, कहिले मुस्कुराउछ, कहिले लाजले शिर निहुराउछ , कहिले आँखा आँखा जुध्छन, कहिले चोर नजर ले हेरा हेर गर्दा गर्दै अचानक आँखा जुध्छन, दुवै मुस्कुराउछन, तर बोल्न सक्दैनन् ।( कलिलो उमेरको प्रेम होनि )

संधै कलेज जादा आउँदा मात्र देखिने युवक आजकल छुट्टीका दिन मा नि त्यहीं देखिन थाल्यो। साँझ बिहान हर पल त्यो युवक ति युवतिको घर वरिपरि देखिन थाल्यो। दैनिकी यसरि नै बित्छ, नत उनिहरु बोल्छन सधै हेरा हेर मात्रै! झन्डै बर्ष दिन बित्यो यो क्रम चलिरहेछ, तर कुरा गर्न कसैले सकेको छैन, अब के गर्ने कन्या हुन मनमा कुरा खेलिहाल्छ ? एउटा केटोले के हेर्यो आयो सोच्नु त परिहाल्यो, अनि सोच्न थालिन् ” त्यो युवक पक्कै पनि मलाई मन पराउछ” सुरु भएछ प्रेमको नसा । कता कता कन्यालाइनि त्यो युवक मन पर्न थालेछ । हुन नि हो प्रेमको नसा नलाग्ने त कुरै भएननी हेर्दै सोझो-सिम्पल देखिने युवक आकर्षक हुनै पर्यो ।

के गर्नु साथिहरुलाइ सुनाउनु पर्यो , लाको बानी त हो , ति युवति ले आफ्नो साथी हरु संग कुरा गरिन। सम्पूर्ण कुरा हरु सुनाइन, साथि हरु ले पनि ‘पक्कै तलाई मन पराउछ होला’ भन्ने अनुमान गरे। केटी होनि हेरेसी मन पराउने हैछ भने सोची सक्छनी । अनि साथीहरू एक पटक कुरा गर्ने सल्लाह दिए। एक दिन ति युवति ले हिम्मत गरेर युवक भएको ठाउँमा आइन् अनि सोध्न थालिन् “‘तिमि लाइ संधै म यहाँ देख्छु, मैले थाहा पाएँ तिम्रो मनको कुरो”वा वा मलाई एकै छिम त जोतिस हैछकी भने लाग्यो “(मन मनै हासे) फेरि कन्याले भनिन् धेरै कुरें, सायद पहिलो प्रस्ताव तिमि ले राख्छौ होला, कुराकानी को शुरुवात तिमि गर्छौ होला भन्ने सोचिरहे तर तिमि कहिल्यै बोलेनौ। सायद मनको कुरा भन्न संकोच मान्यौ होला । राम राम कहाँ पुगिन कन्या, (फेरि म आफै मन मनै हासे ) त्यसैले मैले नै हिम्मत गरेर तिमि लाइ भन्ने आँट गरें, हो म तिमि लाइ मन पराउछु, धेरै….धेरै….. I Love You …. तिमि ढुक्क भएर मेरो घर मा आउ, मेरो बुबा आमा संग कुरा गर अनि हामि बिबाह गरौँ !!

कुरा सुने पछि युवा आफै झुक्किए तर के गर्ने युवतिको यति कुरा सुनेर कता कता युवक नर्भस थ्यो, त्यही नि बडो साहस गरेर भन्यो- ‘सुन न .. म त त्यसै नर्भस भए तिम्रो कुराले कुरा नबुझी तिमी कहाँ पुगिसकेको होइछ तर म बास्तव मा यहाँ बसेको चै तिम्रो घर को Wifi मा पासवर्ड रैनछ, त्यही भएर फ्री को नेट चलाउन लाइ यहाँ बसेको पो त ? ? तिमीलाई देखेर होइन । त्यस पछि लाई गयो Wifi गयो अनि केटापनी गयो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • आज शनिबारको राशिफल
  • लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन दाङ देउखुरीमा राख्ने तयारी
  • डा बाबुराम भट्टराई र हिसिला यमीलाई कोरोना संक्रमण
  • क्लिन फिड लागू
  • बुटवलको कोरोना अस्पतालमा एक संक्रमित पुरुषको मृत्यु
  • नेपाल स्पेन समाज कोष्टाब्लान्काद्धारा ढोरपाटनका बाढी पहिरो पिडितलाई राहत सामग्री…
  • वालिङको बातावारण सुहाउदो उद्यमशीलताको प्रवद्र्धन गरौं, दीगो आर्थिक बिकास सम्भव…
  • टिभिएस दसैंको आशा योजना अन्तर्गत मदन पोख्रेल खत्रीले जिते अपाचे…
  • पत्रकार भुवन केसी अर्थमन्त्री पौडेलको प्रेस सल्लाहकारमा नियुक्त
  • मुख्यमन्त्री शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत