सुनको मूल्य घट्यो, तोलामा कति ?

प्रकाशित मिति:

काठमाडौं, ११ असोज । साताको पहिलो दिन आइतबार सुनको मुल्य घटेको छ । शुक्रबार ९३ हजार ३ सय प्रतितोलमा कारोबार भएको सुन आज ६ सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँ प्रतितोलामा झरेको हो ।आइतबार चाँदी प्रतितोला १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। जुन शुक्रबारको तुलनामा १० रुपैयाँले कम हो ।

आइतबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १८ सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।