मन्त्री भट्टराइको विश्वास पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने

प्रकाशित मिति:

 

११ असोज, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।

मन्त्री भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पुनरुत्थानका कार्यक्रम गर्न अपिलसमेत गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मन्त्री भट्टराईले सो अपिल गरेका हुन् ।शुभकामना सन्देशमा लेखिएको छ, ‘हरेक कालो बादलको क्षितिजमा चाँदीको घेरा हुन्छ भनेझैं निकट भविष्यमा नै यो महाव्याधी नियन्त्रणमा आउने छ, नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने छ र हाम्रा तत्कालीन एवं दीर्घकालीन लक्ष्यहरु हासिल हुनेछन् भन्ने विश्वासका साथ हामीले आन्तरिक तयारीलाई तीव्रता दिनुपर्ने हुन्छ ।’

कोरोना संक्रमण रोकथामको उद्देश्यले नेपालमा २०७६ चैत ११ गतेदेखि सुरु भएको बन्दाबन्दी र घुमफिरमा भएको नियन्त्रणले पर्यटन व्यवसाय तथा सेवामा उच्च क्षति पुगेको मन्त्री भट्टराईले उल्लेख गरेका छन् ।उनले आगामी दिनमा जनता एवं सरोकार समुदायका सुझाव, विज्ञहरुको सिफारिसको आधारमा नवप्रवर्द्धन र विकास सम्बन्धी योजना तथा कार्यक्रमलाई उच्च महत्वका साथ कार्यान्वयन गर्ने पनि बताएका छन् ।

सन् १९७० सेप्टेम्बर २७ मा संयुक्त राष्ट्रसंघीय विश्व पर्यटन संगठनको स्थापना भएपछि सोही दिनको सम्झनामा १९८० देखि प्रत्येक वर्ष विश्व पर्यटन दिवस मनाउन सुरु गरिएको हो ।

यस वर्षको पर्यटन दिवसको नारा ‘Tourism Building Peace Û Fostering Knowledge’  तय गरिएको छ ।