लायन्स बुटवल मुक्तिनाथको डाइरेक्ट्री प्रकासित

प्रकाशित मिति:

बुटवल-लायन्स क्लब अफ बुटवल मुक्तिनाथले  डाइरेक्ट्री (क्लब निर्देशिका ) प्रकासन गरेको छ। सनिवार बुटवलमा आयोजित जोन बैठक तथा निर्देशिका बिमोचन कार्यक्रममा लायन्स अन्तराष्ट्रिय जिल्ला ३२५ बि २ का पुर्ब गभर्नर महेन्द्रनारायण श्रेष्ठले क्लबको वेर्ष २०२०/२१ को क्लब निर्देशिका बिमोचन गरेका हुन । कोरोनाको जोखिमलाई ख्याल गर्दै बुटवलको एक कार्यक्रमहलमा भौतिक दुरी कायम गरि कार्यक्रम आयोजना गरिएको हो ।

क्लब निर्देशिका बिमोचन गर्दै प्रमुख अतिथि श्रेष्ठले लायन्स क्लब बुटवल मुक्तिनाथले आफ्नो डाइरेक्टरि  प्रकासन गरेकोमा खुसि व्यक्त गरे । कार्यक्रमलाई समबोदन गर्दै उहाले क्लबका सबै पदाधिकारी,सदस्य हरु साथै  लायन्स अन्तराष्ट्रियका मुख्य व्यक्तिहरुको बिवरण समेत समेटेर बनेको निर्देशिका अत्यन्त उत्कृस्ट रहेको र यसले लायन्सले गर्ने कार्य र यो पबित्र सामाजिक सस्थाको बारेमा सबैमाझ जानकारी दिन सजिलो हुने बताउनुभयो ।त्यस्तै एरिया चिफ सन्दिप कसौधनले लायन्स मुक्तिनाथको  डाइरेक्टरि   जिल्ला ३२५ बि २ मै प्रथम बिमोचन भएको बताउदै मुक्तिनाथ क्लबको कार्य प्रति आभार व्यक्त गर्नुभयो ।क्लबका अध्यक्ष सुरेशचन्द्र भट्टराईले लायन्स क्लब अफ बुटवल मुक्तिनाथ निस्वार्थ सामाजिक सेवा गर्ने उदेस्यले स्थापित लायन्स अन्तराष्ट्रियमा आवद्द सक्रिय क्लब रहेको जानकारी गराउदै डिस्ट्रिकमै पहिलोपटक यो वर्षको डाइरेक्टरि बिमोचन सम्पन्न गर्न पाउदा खुसि लागेको बताएका थिए ।उनले प्रकासन समितिका संयोजक कृष्णप्रसाद पाण्डे,मुख्य बिज्ञापन दाताहरु प्रभु लाइफ इन्स्योरेन्स,हाइलाइफ फुड,मोहिनी इम्पेक्स,मनसा थाई फुड तथा सवै विज्ञापनदाता,पुर्व अध्यक्षहरु,सलाहकारहरु, सबै सदस्यहरु र प्रकासन गर्न प्रतक्ष-अप्रतक्ष रुपमा सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

 

क्लबका अध्यक्ष सुरेशचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पुर्व गभर्नर महेन्द्रनारायण श्रेष्ठ,एरिया चिफ सन्दिप कसौदन,क्लबका पुर्व अध्यक्ष तथा डिस्ट्रिक चिफ लक्ष्मण रेग्मी,रिखिराम भट्टराई,जोन चेयरपर्सन गणेशप्रसाद भट्टराई,निर्देशिका प्रकासन समितिका संयोजक कृष्णप्रसाद पाण्डे लगायतले बोलेका थिए भने कार्यक्रमको संचालन कृष्णप्रसाद आचार्यले गरेका थिए ।