मेरो शेयरमा समस्या, लगइन हुन नसक्दा लगानीकर्ताले गर्न पाएनन् शेयर आवेदन

प्रकाशित मिति:

केन्द्रिय निक्षेप प्रणालीको मेरो शेयरमा समस्या देखिएको छ ।मेरो शेयरको पेज खुले पनि लगानीकर्ता पेजबाट आफ्नो खातामा लग इन हुन सकिरहेका छैनन् । जसका कारण साधारण शेयर आवेदन गर्नेदेखि दोस्रो बजारमा भएको शेयर कारोबारको राफसाफ समेत प्रभावित बनेको छ ।

मेरो शेयरको वेब पोर्टल खुले पनि लगानीकर्ताले आफ्नो विबरण राखेर लग इन गर्न खोज्दा कनेक्सन फेल भएको पपअप देखाउने गरेको छ । केहीले भने आफ्नो विबरण राखेर लगइन गरे पछि अन्य कृयाकलाप गर्ने क्रममा कनेक्सन फेलको जनाउ दिँदै सिष्टमले टास्क पुरा हुन दिँदैन ।

यसरी प्रणालीमा आएको समस्याले सक्पर्क बिच्छेद भएको जनाउ दिँदै गर्दा लगानीकर्ता भने शेयर आवेदन गर्न बाट बञ्चित भएका छन् । आइतबारदेखि नै जनरल इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा शेयर निष्काशन गरिरहेको छ ।

…जनरल इन्स्योरेन्सको आईपीओ खुल्यो, यस्तो छ कम्पनीको प्रक्षेपण…

पछिल्ला दिनमा शेयर निष्काशनका दौरान मेरो शेयरमा आएको समस्या ट्राफिकको रहेको बताइए पनि आइतबारको समस्या के कारणले हो खुलाइएको छैन । सफ्टवेयरमा आएको अधिक चाप र इञ्जिनको व्यवस्तता बढेको भन्दै सिडिएससीले केही दिन अघि मात्र ओटीपीलाई बिस्थापन गर्दै पीन नम्बर प्रयोगमा ल्याएको थियो । यसबाट सिष्टमको व्यवस्तता केही कम हुने अपेक्षा गरिए पनि समस्या झनै बढेको देखिन्छ ।