चर्चित गायक गंगालाल श्रेष्ठमाथी आक्रमण

प्रकाशित मिति:

मोरङ – चर्चित गायक तथा लेखक गंगालाल श्रेष्ठ बरदान माथि आक्रमण भएको छ । बेलबारी नगरपालिकामा आइतबार दिउँसो श्रेष्ठमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बस चढेर धरानतर्फ जाँदै गर्दा बसका कन्डक्टर र सहचालकले श्रेष्ठमाथि आक्रमण गरेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । काँकडभित्ताबाट धरान जाँदै गरेको मिक्लुङ यातायातको बसका कन्डक्टर रोशन श्रेष्ठ र सहचालक सुजन श्रेष्ठले बेलबारीको लालभित्तीमा श्रेष्ठलाई कुटपिट हुन् । सिटको विषयमा विवाद हुँदा घटना भएको हो । प्रहरीका अनुसार गायक श्रेष्ठलार्इ गाडीका सहचालक र कन्डक्टरले धकेलेको स्विकारेका छन् । गायक श्रेष्ठ भने आफूमाथि आक्रमण भएपछि प्रहरी चौकी पुगेका थिए ।प्रहरीले गाडी र गाडीका चालक निरन घिमिरे र सहचालक श्रेष्ठलाई पक्राउ गरेको छ। कन्डक्टर रोशन श्रेष्ठलाई प्रहरीले खोजिरहेको छ । श्रेष्ठको स्थानीय स्वास्थ्य संस्थामा उपचार भैरहेको छ । श्रेष्ठका छपनीले छान छान डबकीले हान कहाँमा काट्यो बेतको लौरी सिमसिम पानी कान्छी नानीलगायतका गीत चर्चित छन्।